मगर संघ युएई सारजाह क्षेत्रको विशेष अधिवेशन सम्पन्न
के.वि आले-मगर,युएई दुवई - गत आईतवार अगष्ट १९का दिन मगर सघ युएई सारजाह क्षेत्रियको विशेष अधिवेशन कार्यवाहक अध्यक्ष देववहादुर सारु मगरको सभापतित्वमा जनजाति महासघ युएईका अध्यक्ष गिरमान थापा मगरको प्रमुख अतिथि महा सघकै उपाध्यक्ष महेश मोक्तान मगर सघ युएईका अध्यक्ष नुन प्रसाद सोमै मगरको विशेष अतिथिमा सम्पन्न भएको थियो कार्यक्रमको संचालन टोप रेश्मीमगरले गरेका थिए ।
उक्त अधिवेसनले देव वहादुर सारु मगरको अध्यक्षतामा १५ सदस्यिय नयां कार्य समिति चयन गरेको छ । भने उपाध्यक्षमा गंगा छन्त्यल मगर सचिव टोप रेश्मी मगर सह सचिव खडग दर्लामि मगर कोषाध्यक्षमा दिपा थापा मगर सदस्यहरु क्रमश दिलिप रेश्मी मगर , वावुराम ढेगां मगर , नर वहादुर रुचाल मगर ,शिव राम्जाली मगर ,ईन्द्रवहादुर रुचाल मगर ,तिर्थ रेश्मी मगर , तेजवहादुर दर्लामी मगर ,दिलवहादुर रेश्मी मगर , जङग सोमै मगर चुनिएका छन्
नया कार्य समितिलाई उपस्थित अतिथिहरु वाट शारजाह क्षेत्रलाई अझ शसक्त ढङगले सवै मगरहरुलाई समेट्ने गरि आ.आफ्नो जिम्मेवारि लाई लगनशिलताका साथ काम गर्न र गराउन प्रेरणा मिलोस् भनि शुभकामना दिनेहरुमा महा संघका अध्यक्ष गिरमान थापा मगर उपाध्यक्ष महेश मोक्तान मगर सघका अध्यक्ष नुन प्रसाद सोमै मगर उपाध्यक्ष हस्त दर्लामी महासचिव भरत राना मगर प्रवक्ता खुमवहादुर आले मगर प्रशिक्षण विभाग प्रमुख राजुसिंजाली मगर र सह कोषाध्यक्ष टंक थापा मगर शुभकामना मन्तव्य दिनु भएको थियो भने अन्तमा नव निर्वाचित अध्यक्षवाट केन्द्रले दिएको सम्पुर्ण जिम्मेवारि पुरा गर्ने प्रविद्धता जाहेर गर्दै सभा विर्सजन गरीएको थियो |

