बिश्व स्तनपान दिवसमा ९० जना आमाहरु सम्मानित
हेमराज भट्ट, नेपालगन्ज,श्रावण २४-बिश्व स्तनपान सप्ताहको अवसरमा एक साता भित्र बााकेको बिभिन्न गाबिसका ४ सय ५० जना बच्चा तथा ९० जना आमा सम्मानित हुनु भएको छ । आफनो बच्चाहरु लाई उत्कृष्ट स्तनपान गराएकोमा ९० जना आमा तथा स्वस्थ्य र सुपोषित भएका ४ सय ५० जना बच्चा सम्मानित र पुरस्कृत भएका हुन ।
पुरस्कृत हुनेमा १० जना बच्चा प्रथम १० जना द्धित्तीय, १० जना तृतीय तथा ४ सय २० जनाले सान्त्वना पुरस्कार पाएका हुन । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक बिकास मञ्च बााकेले सञ्चालन गर्दै आईरहेको खाद्य तथा पोषण कार्यक्रम अन्र्तगत स्तनपान सप्ताहको अवसर पारेर सो सम्मान गरेको हो । मञ्चले बााकेको दुर्गम र बिकट मानिने राप्ती पारीको १० वटा गाबिस हरु कटकुईया, लक्ष्मनपुर, कालाफााटा ,नरैनापुर ,मटेहिया, गागापुर ,फत्तेपुर ,बैजापुर, बिनौना र कुसुम गाबिसहरुमा खाद्य तथा पोषण कार्यक्रम सञ्चालनमा रहेको र सोही गाबिसहरको बच्चा र आमाहरुलाई सम्मानित गरिएको सास्थाका अध्यक्ष घनश्याम उपाध्यायले बताउनुभयो ।
खाद्य तथा पोषण परियोजना अन्तर्गत बर्ष भरि गरिएको बृद्धि अनुगमनको रेकर्ड अनुसार बालबालिकाको नियमित स्वास्थ्य परिक्षण र वृद्धि अनुगमन, उमेर अनुसारको तौलको आधार लगायतका सुचक लाई आधार मानेर उत्कृष्ट स्तनपान गराएका आमा र बच्चाहरुलाई छनौट गरि सम्मान गरिएको पोषण सुपरभाईजर बिश्राम रैदासले बताउनुभयो । उत्कृष्ट भएका बालबालिकाहरुलाइ पुरस्कार स्वरुप टिसर्ट सेट, तौलिया, दैनिक आवश्यक सरसफाईका सामग्री तथा आमाहरुलाई छाता लगायतका सामग्रीहरु वितरण गरिएको छ ।