|

दुबईमा गोरखा सेवा समाजको नँया बर्ष शुभ कामना तथा बनभोज कार्यक्रम सम्पन्न

बिनोद श्रेष्ठ" क्रान्ति"
दुबई, चैत्र ३०- गोरखा सेवा समाज यु.ए.ईले नव बर्ष २०७१ को पावन अबसरमा दुबईको मम्जार पार्कमा गत शुक्रबार शुभकामना अादान प्रदान तथा बिबिध मनोरन्जन सँगै बनभोज कार्यक्रम सम्पन्न गर्यो।
गोरखा सेवा समाजका अध्यक्ष भिम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अथिति संस्थापक अध्यक्ष शुरेश ढकाल,अथितिहरूमा क्रमश गैर अाबासिय संमवय परिसद् मध्य पुर्ब संयोजक चन्द्र रोकाहा, नेपाली समाज यु.ए.ईका अध्यक्ष ज्ञानेन्द्र कार्की,नेपाली जनप्रगतिशील  मन्च यु.ए.ईका अध्यक्ष हेमन्त पैाडेल, एन.अार एन NCC का उपाध्यक्ष सुदिप कार्की,चितवन समाज यु.ए.ईका अध्यक्ष श्याम पोखरेल,हुनुहुन्थ्यो।

यसै गरी अन्य अथितिहरूमा पर्बत सेवा समाज यु.ए.ईका अध्यक्ष मणी भुर्तेल,स्याङ्जा सेवा समाज यु.ए.ईका उपाध्यक्ष कुल केसी,नेवा पुच यु.ए.ईका अध्यक्ष प्रमोद श्रेष्ठ,मगर संघ यु.ए.ईका उपाध्यक्ष उपेन्द्र रानामगर,अन्तराष्ट्रिय कलाकार मन्च यु.ए.ईका महासचिब गोपीकृष्ण पंगेनी,साथै यु.ए.ईका ख्याति प्राप्त कलाकारहरूको बिशेष उपस्थिति रहेको थियो।

नव बर्षको अागमन सँगै गत बर्ष झै यस बर्ष पनि बिबिध लोक साँस्कृतिक कार्यक्रम तथा नेपाली परिकारको भरपुर स्वाद रहेको उक्त कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि समाजसेवी, बुद्दिजिबी, पत्रकार, बिभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि साथै युएई बासी नेपाली दाजुभाई, दिदिबहिनीको उल्लेखनिय उपस्थित थियो।

अाउदै गरेको नयाँ बर्षले हामी प्रबासमा रहेका सम्पर्ण नेपालीहरूको सुस्वास्थ्य,उत्तरोत्तर प्रगतीको कामना सहित स्वागत गर्दै संस्थाका उपाध्यक्ष दिनेश पाण्डेले तँपाईहरूको साथ अनि हैासलाले हामी अाज सफल भएकोमा खुसी ब्यक्त गरे। अाँउदा दिनहरूमा पनि यहाँहरूको सहयोगको अपेक्षा रहने बताए। यसै गरी मन्तब्यै कै क्रममा नेपाली  समाज यु.ए.ईका अध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रबासमा नेपालीहरू बिच एक अापसमा भाइचाराको समन्ध अझै बडोस् भन्दै नयाँ बर्षको २०७१को शुभकामना ब्यक्त गरे। यसै गरी बिभिन्न अथितिहरूले शुभकामना ब्यक्त गरेका थिए।

यसै गरी प्रमुख अथिति शुरेश ढकालले उपस्थित सम्पुर्णलाइ नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै अझै यस्ता नयाँ कार्यक्रमहरू गर्दै एक अापसमा मिलेर प्रबासमा समस्या रहेका नेपालीहरूको यथाशिघ्र उद्दार गर्नु पर्नेमा जोड दिए। म अत्यान्तै खुसी छु। कार्यभारको पोहिलो कदम अत्यान्तै सफल अनि फलदाही भयो। यो नै एकताको जग हो, भन्दै संस्थाका अध्यक्ष भिम श्रेष्ठले भ्याकुता जति उफ्रे पनि काल्ला मुनी नै रहने दाबी गरे। निश्वार्थ समाज सेवाको भावना कसैले मार्न नसक्ने उनको भनाई छ।उनले फेसबुक स्ट्याटसबाट उक्त कार्यक्रममा महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्ण केन्द्रिय टिम, क्षेत्रिय समितिका प्रमुख तथा पदाधिकारीहरू साथै सम्पुर्ण यु.ए.इ बासी नेपाली दाजुभाइ,दिदिबहिनीहरू प्रति धन्यबाद ब्यक्त गरेका छन्।

वैदेशिक रोजगारीको सिलसिलामा प्रवासको मरुभूमिमा रहेता पनि आफ्नै देशको नेपाली विभिन्न परिकारका स्वादसंगै नेपाली सांगीतिक माहौलमा रम्न पाउदा सबैजनाको चेहरामा खुसी झल्केको देख्न सकिन्थ्यो । दैनिक आ–आफ्नो काममा व्यस्त रहने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले त्यस दिन भने अलगै रमाइलो अनुभूति गरेका थिए ।बिभिन्न नेपाली स्वादिष्ट परिकार, सेल रोटी, छाला सहितको ताजा खसीको मासु, पोखरेली ध्युको स्वादमा खिर अनि भक्तपुरे नेवारी अचारले उपस्थित भिडलाइ थेक्न हम्मे हम्मे परेको देखिन्थ्यो।

कोही मादल त, कोही अाफ्नै तालमा नाच्दै थिए , कोही गाउनमा व्यस्त थिए । त्यसै पनि प्राकृतिक ध्वनिमा संगीतको आनन्द लिनेहरुको कमि थिएन । कतै फेरी दोहोरी खेल्नेहरुको जमघट देखिन्थ्यो। "गोर्खा मनकामना,, झाप्पै माया लाइहालैा भनेनी ठिक छैन जमाना"बोलको दोहोरीमा कम्मर मर्काउनेको दृश्य कता कता गाउँ घरको यादले दर्शकलाइ भाबुक बनाइ राख्थ्यो। सायद कसैलाई त खान पिउन भन्दा नाच्न र गाउनमा नै रमाईलो लागेको आभास हुन्थ्यो । अत्यान्तै रमणिय स्थानको नग्न तस्बिर लिनेहरूको भिड पनि कम्ति थिएन।
कार्यक्रम संस्थाका महासचिब बिनोद श्रेष्ठ क्रान्तिले संचालन गरेका थिए।

Posted by Butwalonline on 12:24 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईमा गोरखा सेवा समाजको नँया बर्ष शुभ कामना तथा बनभोज कार्यक्रम सम्पन्न "

Leave a reply