खाडी मुलुकमा नेपाली महिला कामदारका रुपमा जान ३० बर्ष पुग्नुपर्ने
काठमाण्डौ साउन २४ - सरकारले ३० बर्ष नपुगेका नेपाली महिला कामदारका रुपमा खाडी मुलुक जान नपाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबारको वैठकले श्रम मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो । कम उमेरका महिला बिदेश जाँदा यौनजन्य हिंसा हुने र प्रतिरोध गर्न नसक्ने भन्दै सरकारले यस्तो निर्णय गरेको हो । सरकारी निर्णयबाट खाडी मुलुकमा हाउसमेडका रुपमा जाने तयारीमा रहेका नेपाली महिलाहरु प्रभावित हुने छन् ।
श्रम मन्त्रालयका अधिकारीहरुले नै यो प्रस्तावमा आश्चर्य जनाएका छन् ।यो निर्णयबाट कामका लागि बिदेश जान खोज्ने नेपाली महिलाहरुको अबैध ओसारपसारलाई प्रोत्साहन गर्ने र भारतको बाटो हुँदै नेपाली महिला बिदेश जानेक्रम निकै बढ्ने ती अधिकारीले दावी गरे । ‘त्रिभुवन बिमानस्थलबाटै जानेहरु पनि अब टुरिष्ट भिसामा जाने र त्यहाँ बैधानिक तरिकाले काम गर्ने क्रम बढ्ने छ’- ती अधिकारीले भने-’यो निर्णय वैदेशिक रोजगार ऐन र कानुनसँग पनि बाझिन्छ, संबिधानको अधिकार पनि हनन हुन्छ ।’
खाडी मुलुकहरुमा नेपाली महिलालाई घरेलु कामदारका रुपमा पठाउँदा सुरक्षा र तलबका बिषयमा सचेत हुनुपर्नेमा ३० बर्ष उमेर हद तोक्नु अब्यबहारिक हुने उनको भनाई छ । निर्णयबारे जानकारी दिंदै संचारमन्त्री राजकिशोर यादवले भने परिपक्कताका लागि यस्तो निर्णय गरिएको बताउनुभयो ।
समाचार ऑनलाइन खबर बाट