ट्याक्सी दुर्घटना हुंदा डेढ महिनाको शिशु सहित आमाको मृत्यु
नुवाकोट, साउन २४- डेढ महिनाको शिशुसहित माइती जान सुत्केरी चढेको ट्याक्सी आज नुवाकोटमा सडकबाट एक हजार मिटर तल खसेको छ। दुर्घटनामा काठमाडौँ मनमैजुकी २५ वर्षीया शोभा अधिकारी र उनको डेढ महिनाको शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
नुवाकोटको मदानपुर गाविस-८ अधेरीखोलमा बा १ ज ५२५५ नम्बरको ट्याक्सी दुर्घटना भएको हो। अधिकारी सुत्केरी बस्न शिशुसहित नुवाकोट जिल्ला गेर्खु गाविसस्थित माइती हिंडेकी थिइन्।दुर्घटनामा परी घाइते भएका तीन जनालाई उपचारको लागि काठमाडौँ लगिएको छ। रासस