क्रान्तिकारी द्धारा सकुलबस तोडफोड
हेमराज भट्ट, नेपालगन्ज,श्रावण २४-नेकपा माओबादी निकट अखिल क्रान्तिकारीले जयवागेश्वरी उच्च माबीको गाडी तोडफोड गरेको छ ।
आज बिहान बिद्यालय बाहिर रहेको सो गाडी माथी क्रान्तिकारी बिद्यार्थीको एक समुहले तोडफोड गरेको हो । तोडफोडबाट गाडीका सीसाहरु फुटेको छ । बिद्यार्थीहरुबाट चर्को शुल्क लिएकाले पटक पटक सम्झाउदा समेत नटेरेपछि तोडफोड गरेको अखिल क्रान्तिकारी केन्द्रिय समिती सचिबालय सदस्य राम बहादुर बिकले जानकारी दिनुभयो । यसैविच जय बागेश्वरी उच्चमावि नेपालगञ्जको माइक्रो बस तोडफोड गरेको घटनाप्रति अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएकाछन ।
इन्सेकका क्षेत्रीय संयोजक भोलामहत, सिविन नेपालका मधु दवाडी, हिमराईटसका प्रकाश उपाध्याय, जिल्लावार एशोसियसनका विश्वजीत तिवारी, वि ग्रुपका गोपालनाथ योगी र एडभोकेसी फोरमका बसन्त गौतमले आज संयुक्तरूपमा विज्ञप्तीजारी गरि नेपाल सरकारले बिद्यालयशान्तितथा संरक्षण क्षेत्र कार्यान्वयननिर्देशिका ०६८ लागु गरिसकेको र प्रमुख राजनीतिक दलहरूले बालबालिकालाई शान्ति क्षेत्रको रूपमा स्वीकार गरिसकेको अवस्थामा विद्यालयको पहिचान सहित रहेको बस तोडफोड गरिएकोमा घोर भत्र्सनागरेकाछन । साथै घटनामा संलग्न व्यक्तिहरूको तत्कालपहिचान गरी कानुनबमोजिम कारबाही गर्न, संवद्धबन्द आह्वान कर्ताहरूलाई आगामिदिनमा बालबालिकाशान्ति क्षेत्र हुनभन्ने कार्य व्यवहारमा कार्यान्वयन गर्न र जिल्लामाशान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन अधिकारकर्मीहरूले स्थानीयप्रहरी/प्रशासन समक्षआग्रह गरेकाछन् । विद्यालयबाट बालबालिकालिनजादै गरेको अवस्थामा भे. १ ख ७२९ नम्बरको मईक्रो बस अनेरास्ववियु क्रान्तिकारी काकार्यकर्ताले आज बिहान साढे ८ बजे बस तोडफोड गरेकाथिए ।