|

अमेरिका हिँडेका हजार नेपाली अलपत्र

काठमाडौं, साउन २५- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करहरूको प्रलोभनमा परी अमेरिका जान भनी हिँडेका हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेका छन्। तस्करहरूले मोटो रकम लिई अमेरिका छिराइदिने भन्दै ल्याटिन अमेरिकी देश ब्राजिल, चिली, बोलिभिया, इक्वेडरलगायत देशमामा पुर्‍याएर छाडिदिएको अलपत्र परेकाहरूले बताएका छन्।

तस्करहरूले मेक्सिकोबाट अमेरिका प्रवेश गराउने भनी प्रतिव्यक्ति १५ देखि २२ लाख रुपैयाँ लिई ल्याटिन अमेरिकी राष्ट्र पुर्‍याई अलपत्र पारेको उनीहरूले टेलिफोनमा बताए। अमेरिका प्रवेश गराइदिन्छु भन्ने तस्करहरूले छाडी फरार भएपछि आफूहरूको विचल्ली भएको उनीहरूले बताए।

तस्करहरूले अमेरिका लैजाने भन्दै ल्याटिन अमेरिकी देश चिलीमा ५०, इक्वेडरमा १५ र बोलिभियामा झन्डै ९ सय हाराहारीमा नेपाली अलपत्र पारेका छन्।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:37 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अमेरिका हिँडेका हजार नेपाली अलपत्र"

Leave a reply