सर्पको टोकाईबाट दुईजनाको मृत्यु
रौतहट, साउन २५ - सर्पको टोकाईबाट रौतहटमा दुईजनाको मृत्यु भएको छ । सुतिरहेको अवस्थामा सर्पले डस्दा रौतहटको औरहिया गाविस वडा नम्बरदुई बस्ने १० बर्षका लक्ष्मी भगत र वडा नम्बर सातकी डेढ बर्षकी बालिका अर्चना कुमारी साहको मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा बुधबार राती सर्पले डसेर विरामी भएका भगतको गौर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै अर्चनालाई अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट