|

निति कार्यान्वयनमा सरकारको उदाशिनता


हेमराज भट्ट, नेपालगन्ज,श्रावण २४-युवा नितीलाई कार्यान्वयन गर्न सरकारले उदासिनता देखाएको आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा बताइएको छ । अन्तराष्ट्रिय युवा दिवसका सन्दर्भमा आज आयोजित राष्ट्रिय युवा निति र युवा साझोदारी विषयका कार्यक्रमका वक्ताले सो कुरा बताएका हुन ।

अन्तराष्ट्रिय युवा दिवसलाई साता व्यापी मनाईने भएको छ । हरेक क्षेत्रमा युवा साझेदारी र युवा सहभागिताको आवश्यक्ता महसुस गराउन दिवसलाई साता व्यापी गरिएको युवा सञ्जाल बांकेले जनाएको छ । दिवसको तयारी तथा कार्यक्रमका बारेमा जानकारी दिन आज र सम्मेलनमा युवाहरुको छाता संगठन सञ्जालले जिल्लाका करिव ४० विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा मनाउन लागिएको जानकारी दिएको छ । सञ्जालका अध्यक्ष आशिष वर्माले विगतका बर्षमा छुट्टाछुट्टै कार्यक्रमको आयोजनागरि दिवस मनाईदा त्यसले सन्देश नकारात्मक पारेको भन्दै यसपालीको दिवसलाई संयुक्तरुपमा मनाउन लागिएको बताउनुभयो । उद्देश्य सकारात्मक भएपनि युवाहरु विभक्त भएर दिवस मनाईदा त्यसले सन्देश गलत प्रवाह गरेको भन्दै यो बर्षदेखि सञ्जालकै छातामा दिवस मनाउन थालिएको वर्माको भनाई छ । साता ब्यापी कार्यक्रममा रक्तदान, बृक्षारोपण, अन्तरक्रिया, रेडियो कार्यक्रम, ब्यानर टांस, मेरो बिग स्टोरी लगायतका कार्यक्रम गरिने जनाईएको छ । कार्यक्रम अन्तरगत मेरो बिग स्टोरीलाई भव्य बनाइने भएको छ । कार्यक्रमको अन्तिम दिन २८ गते भेरी प्राविधीक शिक्षालयमा गर्न लागिएको विग स्टोरीमा समाज परिवर्तनमा उल्लेखनिय योगदान पुराएका युवाहरुलाई सम्मानसहित पुरष्कृत गरिने छ । कार्यक्रममा भोली जिल्ला शिक्षा कार्यालय, नापी शाखा तथा ईन्द्रपुरमा बृक्षारोपण गरिने भएको छ । यसपालीको दिवसलाई समृद्ध विश्व निर्माणका लागि युवासंग साझेदारी भन्ने नाराका साथ मनाईन लागिएको हो ।

Posted by Butwalonline on 5:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "निति कार्यान्वयनमा सरकारको उदाशिनता"

Leave a reply