घाईते पत्रकारका तर्फबाट आदिवासी जनजातीले मनन गर्नु जरुरी छ
मुक्तिप्रसाद न्यौपाने
पाल्पा/नेपाली सञ्चार माध्यममा शान्ति र सद्भाव कायम गर्न तल्लिन रहिरहेको छ । यसैबिचमा आदिवासी जनजातीहरुको आन्दोलनमा निशानामा रहेको यथार्थता सर्व विदितै छ । स्वच्छ, निष्पक्ष समाचार संकलनका बखतमा रहेका सञ्चारकर्मीहरुमाथि आदिवासीहरुले देखाएको अराजकता आफैंमा भयावह छ ।
यसै क्रममा पाल्पामा भएको बन्दको तेस्रो दिन बजारका बन्द सटरहरुमा लाठी बजाएर दुष्साहस प्रदर्शन गरेका । यसै क्रममा बन्द सटरका मखनटोल लाठी प्रहार गर्ने क्रम नरोकिएपछि पत्रकारीताको धर्म निभाउन फिल्डमा खटिदा फोटो खिच्नु स्वभाविकै लाग्छ । यहि फोटो खिचेको आधारमा म माथि सांघातिक हमला भएको हो, त्यो पनि गिरफ्तारिको शैलिमा तानसेन सितलपाटीको सिडिमा बसिरहेका बखतमा एक जना आन्दोलनकारीले काम छ भन्दै बोलाएर अलि पर लग्नु र अरु लाठी र मुहुरा सहितका आन्दोलनकारी जाई लागेर सांघातिक हमला गरियो । उनिहरुले आफ्नो नैतिकता गुमाएको स्पष्टसाग भान भएको छ ।
हमला गरियो जुन शैलिमा त्यहि शैलिमा आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिबाट विज्ञप्ति निकालिएको छ सो निकालेको विज्ञप्तिप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु । विज्ञप्तिमा उल्लेख गरिएको छ, आन्दोलनका क्रममा भएका छिटफुट घटना हो रे । एउटा मानवमाथि सांघातिक रुपमा र सुनियोजित रुपमा हमाला गर्नु अनि छिटफुट घटना हो भन्नु कहाासम्मको आपराधिक प्रवृत्ति हो । घटना सुनियोजित हो । शंकास्पद कागजात भेटिएर कुटपिट गर्ने कि त्यसको अनुसन्धान ? पत्रकार आखिर के का लागि घटना परिघटनाको विस्तृत वर्णन तवसम्म गर्न सकिंदैन जवसम्म घटनास्थलमा गएर रिपोर्टिङ्ग गरिंदैन । फेरि फिल्डमा रहादा कहिले आन्दोलनकारीको नजिक त कहिले प्रहरी तथा प्रशासन नजिक रहनु नाजायज हो भन्ने लाग्दैन । संका लागेकै भरमा मानवअधिकारको उल्लङ्घन गर्न मिल्छ र ? अनुसन्धान कार्यालयका कर्मचारी संगै हिंडेकोले पत्रकारपनि कुटपिटमा परेको भन्नु उचित होला । अनुसन्धानका कर्मचारी आखिर कसकालागि खटेका हुन्छन् र आन्दोलनका कारण जनता जनार्दनले अराजकता र असुरक्षाको महशुुस नगरुन् भन्नकै लागि होईन । उनीमाथि पनि हमला गरेर आदिवासीले चरम मानवअधिकारको हनन गरेकै हुन् । जतिपनि ढाकछोप गर्न खोजेर घटनालाई ढााट गरेका कारण पत्रकारलाई कुटपिट गरियो भन्ने अभिव्यक्ति दिंदै हिड्ने नेतृत्वले के भोलीको देश चलाउन सक्छ र ? पत्रकार हुा भन्दा भन्दै कुटपिट गरिरहने आखिर कहिलेसम्म भनिरहन सकिने रहेछ र त्यहााबाट कुटाई खाई रहादा पत्रकार होईन भनेपछिमात्र कुट्न छाडिनु र बाहिर भ्रम फैलाउन संघर्ष समितिले पत्रकार होईन भनेकै कारण कुटपिट गरिएको भन्नु आफैंमा हास्यास्पद लाग्दो रहेछ के सर्वसाधारण मानिसलाईचााहि कुट्न मिल्छ यो कस्तो अभिव्यक्ति ।
घटनाको प्रकृतिलाई बङ्ग्याएर तोडमोड गरेर जतिसुकै प्रचारबाजि गरिंदैछ त्यसले आदिवासी जनजातिको अमानविय पनको संकेत गरिरहेको छ भन्ने लाग्छ । तर खै र जे होस्, जुन रुपमा म माथि घटना घट्यो यसले मलाई पत्रकारिताको धर्म निभाउनमा अझ अभिप्रेरित गरेको छ पत्रकारीताको धर्म कुटपिट हुादैमा अवश्यपनि सकिने छैन तर पनि भेडाको जस्तो प्रवृत्ति देखाएका आदिवासी जनजातीका कार्यकर्ताका एक अराजक समूह प्रति सदासयता देखाउादै मानअधिकारको अर्थ र भावना बुझ्न शान्ति, सद्भाव र सहिष्णुताको कदर गर्नकोलागि आग्रह पनि गर्न चाहन्छु । अन्त्यमा घटनाप्रति सहानुभूति प्रकट गर्ने सम्पूर्ण मिडिया तथा मिडियाकर्मी र मानवअधिकारवादी संघसंस्था र नागरिक समाज तथा सबैमा सहृदय आभार पनि व्यक्त गर्न चाहन्छु ।
