|

प्रेस रिलीज : जो सुकैले आन्दोलन गरेपनि पत्रकारमैत्री व्यवहार अपनाउन आग्रह

नेपाल प्रेस युनियन
पाल्पा शाखा
                                            मिति : २०६९/०२/०९

प्रेस विज्ञप्ति

समाचार संकलनका क्रममा हिडेका नेपाल प्रेस युनियन पाल्पा शाखाका ट्रेड युनियन प्रतिनिधि तथा आर्थिक अभियान दैनिक, तिलोत्तमा दैनिक, पाल्पा टाइम्स साप्ताहिकका सवाददाता मुक्तिप्रसाद न्यौपानेमाथि आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिका कार्यकर्ताले आक्रमण गरि घाइते बनाएको घटनाप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । शान्तिपुर्ण रुपमा समाचार संकलन गर्न पाउनु लोकतान्त्रिक अधिकार हो । तर आन्दोलनका क्रममा समाचार संकलनका क्रममा हिडेका पत्रकारलाई नै यसरी हमला गर्नु प्रेस स्वतन्त्रता बिरोधी कदम हो भन्ने हाम्रो ठहर छ । 

घाइते पत्रकार न्यौपानेलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौ । उनीबाट आन्दोलनकारीबाट लुटिएको मोवाईल र क्यामेरा समेत फिर्ता नभएकाले तत्काल फिर्ता गर्न माग गर्दछौ । जो सुकैले आन्दोलन गरेपनि पत्रकारमैत्री व्यवहार अपनाउन आग्रह गर्दछौ । साथै घाइते न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौ । 
 ============================
माधव अर्याल 
सचिव             
नेपाल प्रेस युनियन, पाल्पा शाखा




Posted by Butwalonline on 9:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस रिलीज : जो सुकैले आन्दोलन गरेपनि पत्रकारमैत्री व्यवहार अपनाउन आग्रह"

Leave a reply