|

प्रेस रिलीज : नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाँके

नेपाल पत्रकार महासंघ


Federation of Nepali Journalists (FNJ)
       Complete Press Freedom for Peace and Democracy
जिल्ला शाखा, बाँके (Banke Branch)

 



मिति: २०६९/०२/१३


प्रेस नोट 

ेपाल पत्रकार महासंघ, बााके शाखाद्धारा गठित पत्रकार आचार सहिंता अनुगमन समितिले शुक्रबार स्थानीय निश्पक्ष ध्वनि दैनिकका सम्पादक/प्रकाशक उदयसिंह श्रेष्ठसाग पत्रकार आचारसहिंता पालनाबारे आवश्यक सोधपुछ गरेको छ । 

नेपालगन्जबाट प्रकाशित निश्पक्ष ध्वनि दैनिकमा होटेल स्नेहद्धारा ‘लाखौको राजश्व ठगी, पत्रकार प्रवेशमा रोक’ भन्ने शिर्षकको समाचारप्रति अनुगमन समितिले चासो राखेपछि होटल स्नेहले प्रकासित समाचारप्रति आपत्ती जनाउादै पत्रकार श्रेष्ठलाई कारवाहीको आशय सहितको पत्र महासंघ बााके शाखामा दिएपछि आवश्यक सोधपुछ गरेको हो । होटल सञ्चालक आशित शमसेर राणाले होटलमा पत्रकारलाई प्रवेशमा रोक नलगाइएको दाबीसहित पत्र प्रदान गरेका छन् । सो बिषयमा पत्रकार श्रेष्ठले समाचार लेखेकै कारण आफुलाई अपशब्द प्रयोग गरेको बताएका छन् । 
एउटा पत्रिकाले समाचार लेख्न पाउने मान्यता रहेपनि सत्य तथ्य तथा पत्रकार आचारसहिंताभित्र रहि समाचार सम्प्रेषण गर्नु पत्रकार तथा सञ्चार गृहको दायित्व हो । यदि आफुलाई चित्त नबुझेमा त्यसको प्रमाण सहित खण्डन तथा अन्य आवश्यक कानुनी बाटो अपनाउन सकिन्छ । निष्पक्ष ध्वनी दैनिकमा समाचार प्रकाशन भएकै कारण सो पत्रिकाका  पत्रकारलाई होटल प्रवेशमा रोक लगाउनु ठिक नियत नभएको अनुगमन समितिले ठहर गरेको छ । 
सञ्चारकर्मी र सञ्चार गृहले कुनै पनि समाचार प्रकाशन तथा प्रशारण गर्नु पुर्व पत्रकार आचारसहिंता तथा पेशागत मुल्य मान्यता र मर्यादामा रहन समेत सबैलाई सचेत गराइएको छ । 


राकेश कुमार मिश्र 

सयोजक 
पत्रकार आचारसहिंता अनुगमन समिति 
तथा सचिव 











 

कार्यालय:—नेपालगन्ज—५ गणेशपुर, फोन नं. ०८१—५२६९७७, ९८५८०२४११९ इमेल: bankefnj@gmail.com





Posted by Butwalonline on 8:59 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस रिलीज : नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाँके"

Leave a reply