Press Release
नेपाली समाज युएईको स्थापना 23 वर्ष पुगेको छ। यस अबधिमा समाजले धेरै राम्रा तथा उल्लेख्य कार्यहरु गर्दै आएको इतिहास छुपेको छैन तर समय समयमा समाजले विभिन्न उतार चढावको सामना गर्दै आएको छ। बिगत 2011 मा निर्वाचित भएको कार्यकारिणी समिति 2012 डिसेम्बर सम्ममा 2 बर्से कार्यकाल पुरा गरिसकेको छ । यो अबधि भर कार्य-समितिले गरेका सबै कामकाजहरु सम्पूर्ण पार्साद सदस्य तथा विभिन्न संघ संस्था र सम्पूर्ण युएईबासी नेपालीलाइ अबगत गराउन पर्ने हुन्छ। जसका लागी नेपाली समाजको उच्च निकाय परिसद भएकोले समाजमा भए गरेका सबै कुराको लेखाजोखा, मुल्यांकन, प्रसंशा तथा दण्डित गर्ने अधिकार उक्त परिसद लाइ रहेकोले र समाजले गरेका सबै गतिबिधिहरु जान्न पाउने अधिकार सम्पुर्ण सल्लाहकार, संघ संस्था तथा पार्सद सदस्यहरुलाई भएको जानकारी गराउदछु।
गत 18 जनवरी 2013 मा नेपाली समाज युएइका निर्वाचित पदाधिकारी हरुको आयोजनामा भएको भेलामा ब्यापक छलफल गरि समाजमा भएका सबै गतिविधिहरुको टुंगो लगाउने निकाय परिसद भेला भएकोले करिब 59 जनाको उपस्थिती र 40 प्रतिसत भन्दा बढी परिसद सदस्यहरु, सस्थापक, सल्लाहाकार, आजीवन सदस्य तथा संघ संस्थाका प्रतिनिधिनी सहितको हस्ताक्षरित मागपत्र बमोजिम नेपाली समाजको विधानको धारा 52 को "क" अनुसार परिसद भेला आयोजना गर्नुपर्ने आवस्यकता ठहर गरि आगामी 1 फेब्रुअरी 2013 का दिन बरदुबई स्थित एभरेस्ट इन्टरनेशनल होटेलमा दिउसो 2 बजे देखि नेपाली समाज युएईको परिसद भेला हुने भएकोले सबै पार्सद सदस्यहरुलाई उपस्थितिका लागि बिनम्र अनुरोध गर्दछु।
मिति : 1 फेब्रुअरी 2013 तुलसी तामाङ्ग
समय : दिउसो 2 बजे पार्सद अध्यक्ष
स्थान: एभरेस्ट इण्टर्नेसनल होटेल नेपाली समाज, युएइ
7:57 AM | Posted in Press Release | Read More »
नेपाली संचार सन्जाल (एन्मा), युएसए गठनको घोषणा
विजय थापा ,सयुक्त राज्य अमेरिका / सामाजिक सचेतनामा सदैब खबरदारी गरि रहने र राष्ट्रको चौथो अङ्ग पत्रकारिता पेसालाई बिदेशी माटोमा पनि आफुले मुलुकमा अंगालेको पेसालाई निरन्तरता दिने मुख्य उदेश्य साथ अमेरिकाका राष्ट्रपति बाराक ओबामाको दोश्रो कार्यकालको सपथ ग्रहणको शुभ दिनलाई शुभ मुर्हत बनाउदै आज मिति माघ ७,२०६९ (तदनुसार जनवरी २० तारिख ,२०१३ )को दिन ब्रम्हाण्ड कै सम्राट राज्य भनेर चिनिने अमेरिकाको न्यू योर्क शहरमा क्रियाशील नेपाली सञ्चार क्षेत्रसँग आबद्ध सञ्चारकर्मीहरुको प्रथम बृहत् भेलाबाट समग्र नेपाली सञ्चार क्षेत्रको हक, हित र अधिकारलाई संस्थागतरुपमा अघि बढाउने प्रमुख लक्ष्यकासाथ Nepali Media Alliance (NMA), USA " नेपाली संचार सन्जाल(एन्मा) युएसए तर्दथ समिति गठन गरिएको छ ।
नब्बेको दशक पश्च्यात नेपाली समुदायको जनघनत्व न्युयोर्क क्षेत्रमा बिज गणतीय रुपमा वृद्धि भएको तथा संचार कर्मीहरुको पनि त्यही अनुपातमा वृद्धि भएको र क्रम उर्लदो भेल जस्तो हुने महसुस गरि यहि माघ ७,२०६९ (तदनुसार जनवरी २० तारिख)आईतवार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित लिङ्कन ट्युटरिङ्ग सेन्टरमा आयोजित उक्त भेलाले पत्रकार प्रदिप थापा मगरको अध्यक्षतामा २१ सदस्यीय तदर्थ कार्यसमितिको गठन गरेको हो। प्रदिप थापा मगर युएस नेपाल अनलाइन डट कमका प्रधान संचालक हुन् भने उक्त बिधुतिय पत्रिकाको संचालन न्यु जर्सीबाट गरि रहेका छन् l पत्रकारिताको साथै छायाचित्र तथा श्रब्य दृश्य ( भिडियो ) खिच्न माहिर छन् भने उनी द्वारा खिचिएका तस्बिरहरुले निकै प्रसंशा बटुलेको छ l कार्यकारी अधक्ष्य विजय पौड्याल विश्व सन्देश साप्ताहिक प्रमुख सम्पादक /संचालक हुन् lपत्रकारिता क्षेत्रका एक कुसल दर्जामा गनिन्छन र अरुको भजन र झोला बोक्न अभिरुचि नराख्ने यिनी शिघ्र अमेरिकाको अरु राज्यबाट पनि साप्ताहिक पत्रिका निकाल्ने योजनामा रहेका छन् भने समितिका पदाधिकारीहरु अनुभवी र दक्ष रहेका छन् l
उक्त संजालले निकट भविष्यमा विभिन्न खालका रचनात्मक कार्यक्रमहरुको आयोजना गर्ने निर्णयसमेत गरेको छ र निम्न अनुसार तदर्थ समिति घोषणा गरेको छ l
तदर्थ कार्यसमितिका पदाधिकारीहरु यस प्रकार रहेका छन् l
१.प्रदिप थापा मगर अध्यक्ष --युएस नेपाल अनलाइन डट कम/ एएनटिभी युएसए
२.बिजय पौडेल ,कार्यकारी अधक्ष्य ,विश्व सन्देश साप्ताहिक
३.दिवाकर बाग्चन्द ,वरिस्ठ उपाध्यक्ष ,नेपाल टेलिभिजन / पूर्व नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य
४.मिस निमा डि लामा ,उपाध्यक्ष कान्तिपुर टिभी / टाइम्स एफएम / एएनटिभी युएसए
५.प्रशान एलुङ राई ,महासचिब ,प्रेस चौतारी डट कम / मेरो नेपाल मासिक / एभेन्यूज टेलिभिजन
६.जयन्ती चाम्लिङ राई ,सचिब ,बिएफबिएस रेडियो / एचबिसी रेडियो
७.जुबी गौचन, उद्घोषिका , एएनटिभी युएसए
८.मनु लोहोरुङ राई,कोषाधक्ष्य ,स्वतन्त्र लेखक
(संचालक समिति निर्देशकहरु )बोर्ड अफ डाइरेक्टरहरु यस प्रकार छन् l
१.आङ कामी शेर्पा,फोटोहेर डट कम
२.बेल भुजेल,क्यू टिभी नेपाल सन्देश
३.बुद्ध चेम्जोङ,स्वतन्त्र लेखक
४.दावा शेर्पा ह्योल्मो,युएस नेपाल मिडिया सेन्टर
५.मानबहादुर राना मगर ,आवाज मिडिया
६.मणी बाङ्देल,हेलो न्यू योर्क / नमस्ते नेपाल टिभी
७.नगेन्द्र इङ्नाम,नयाँ रचना डट कम
८.निल ओझा ,स्वतन्त्र लेखक
९.रोशन ढुंगाना ,विश्व सन्देशसाप्ताहिक
१०.साङ्गे ह्योल्मो ,उद्घोषिका, एएनटिभी युएसए
११.श्याम बुढा मगर ,भिस्टामिडियाप्रो डट कम
१२.श्याम थपलिया ,मल्टी मिडिया
१३.सुखराज राई ,मल्टी मिडिया, डिजी प्लस इङ्क
6:28 PM | Posted in News, Press Release | Read More »
गैरआवासीय नेपाली संघ महिला फोरमका संयोजकको विभिन्न कार्यक्रममा सहभागिता
आज सन् २०१३ जनवरी २२ सोमवार, गैरआवासीय नेपाली संघ महिला फोरमका संयोजक रंजु थापाका साथै नेपाल स्थित विभिन्न क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुको काठमाडौंको बालुवाटारमा संचालन भैरहेको महिला हिंसा विरुद्ध धर्ना कार्यक्रममा ऐक्यबद्धता र समर्थन जनाउन सहभागीता रहेको थियो । सो कार्यक्रममा महिला फोरम संयोजक थापाले त्यहाँ सहभागीहरुसंग कुरा गर्दै हाल नेपालमा महिला हिंसा तिव्र रुपमा भैरहेको हुँदा यस विरुद्ध जन चेतना फैलाउनु पर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले महिलाहरुलाई शसक्तिकरण बनाउन र समाजमा महिला प्रति हुने भेदभाव अन्त्य गर्नको लागि पुरुषहरुलाई जनचेतना कार्यक्रममा सहभगी गराइ उनीहरुलाई महिला प्रति समानता र आदरको भावना जगाउन मद्दत पुग्ने कुरा बताउनु भयो । उहाँले गैरआवासीय नेपाली संघ महिला फोरमको कार्यहरुबारे जानकारी गराउँदै यही आउने शुक्रवार आयोजना हुने वृहत धर्ना कार्यक्रममा गैरआवासीय नेपाली संघको सहभागीता रहने जानकारी गराउनु भयो । आजको धर्ना कार्यक्रमा सामाजीक र उद्यमी क्षेत्रका विशिष्ट महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रम विहान ९ बजे देखि ११ बजे सम्म संचालन भएको थियो ।
यस कार्यक्रम पछि महिला फोरम संयोजक रंजु थापाले महिलाहरुसंग सम्बन्धित सामाजिक संस्था पौरखीका अध्यक्ष मंजु गुरुङ्ग संग भेट गरी महिला फोरमका गतिविधिहरु र महिला हितका लागि गैरआवासीय नेपाली संघले कसरी सहकार्य गरेर अगाडी बढ्न सकिन्छ बारे छलफल गर्नु भयो । साथै उहाँले वैदेशिक रोजगारमा जाने महिलाहरु, चेलिबेटी वेच विखन र घरेलु हिंसा विरुद्ध दूवै संस्थाले सहकार्य र समन्वय गरी कार्यक्रमहरु गरेमा अझ प्रभावकारी हुने कुरा बताउनु भयो । उहाँले वैदेशिक रोजगारमा जाने महिलाहरुलाई सचेत बनाउनका साथै उनीहरुलाई सहि सूचना उपलव्ध गराउन दुवै संस्था मिलेर विविध कार्यक्रम संचालन गर्न सकिने पनि धारणा व्यक्त गर्नु भयो ।
पौरखीका अध्यक्ष मंजु गुरुङ्गले आफ्नो संस्थाले गरेका कार्यहरु बारे जानकारी गराउनु भयो । उहाँले वैदेशिक रोजगारमा जाने महिलाहरुलाई सहि सूचना र सचेत गराउन रेडियो नेपालबाट हप्ताको एकचोटी सूचना कार्यक्रम संचालन, विविध सीपमुलक कार्यक्रम र वैदेशिक रोजगराबाट पिडित महिलाहरुको उद्दार पनि आफ्नो संस्थाले गरिरहेको जानकारी गराउनु भयो । महिलाको हकहित र महिलाको हित सम्बन्धी विविध कार्यक्रमहरु संचालन गर्नको लागि गैरआवासीय नेपालीसंघ महिला फोरमसंग सहकार्य र समन्वय गर्न पौरखी सदा तत्पर रहने बताउनु भयो ।
10:28 PM | Posted in News, Press Release | Read More »
प्रेस समाचार
फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सुचनाको अधिकार व्यक्तिको आधारभुत अधिकार भएको बताएका छन् । उनले सुचना माग्ने प्रकृया सरल र निशुल्क हुनुपर्ने भन्दै सुचना माग कर्तालाई सहयोग गर्नु सुचना अधिकारीको कर्तव्य भएको बताएका छन् ।
बासले आज नेपालगन्जमा गरेको सुचनाको हक बिषयक एकदिवसिय अभिमुखिकरण कार्यक्रममा बोल्दै दाहालले सो कुरा बताएका हुन । उनले सबै सरकारी निकायमा अहिले सम्म पनि सुचना अधिकारी तोक्ने काम नभएको र भएपनि अधिकार तथा कर्तव्यको बारेमा जानकार नभएकाले सुचना दिने तथा माग्ने कार्यमा असजिलो भईरहेको बताएका छन् । कार्यक्रममा सहभागी कार्यालय प्रमुख तथा सुचना अधिकारी तथा अन्य क्षेत्रका व्यक्तिहरुलाई उनले आफु साग भएको यथार्थ सुचना नागरिकलाई उपलब्ध गराउन समेत सबैलाई अनुरोध गरेका थिए । उनले सुचना भन्ने कुरा सुन भनदा पनि महत्वपूर्ण भएको बताउदै सुचना माग भएपछि तत्काल उपलब्ध गराउनु पर्ने र गराउन नसके स्पष्ट कारण दिनु पर्ने बताए । यदि सुचना दिन सकिदैन भने सकारात्मक व्यवहार देखाएर सुचना वा उत्तर कर्मचारीहरुले दिनुपर्छ– दाहालको भनाई थियो ।
राष्ट्रिय सुचना आयोगका उपसचिब कुमार दाहालले प्रत्येक सरकारी कार्यालयले सुचना अधिकारी तोक्नु पर्ने र नागरिकले सुचना माग गरेमा प्रकृया अनुसार उपलब्ध गराउनु पर्ने बताए । कुन कार्यालयले कसरी सुचना सम्प्रेसण गरिरहेको छ त्यसको अनुसन्धान, फैसला, दण्डसजाय गर्ने अधिकार सुचना आयोगलाई भएको बताउनु भयो । बााकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेलले शुसासनमा बासको भुमिका अपरिहार्य रहेको बताउदै सरकारी निकायले दिनु पर्ने सुचना दिदनै पर्ने बताए । उनले उपस्थित सम्पूर्ण कार्यालय प्रमुख तथा सुचना अधिकारीहरुलाई सुचनाको हक कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय बााकेका प्रमुख बिक्रम सिह थापाले जिल्ला प्रहरी कार्यालयको सुचना सहज रुपमा नागरिक सम्म पुर्याउन केन्द्र देखि जिल्ला तहसम्म प्रबक्त तोक्ने काम भएको बताए । उनले जिल्ला प्रहरी कार्यालय बााके सुशासन कायम गर्न प्रतिबद्ध रहेको समेत बताए ।
नेपालमा सुचनाको अवस्था, फ्रिडम फोरमले गरिरहेका कामहरु, राष्टिय सुचना आयोगका कामहरु, सुचनाको हक, सुचना अधिकारीको काम कर्तव्य लगायतका बिषयमा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल र राष्ट्रिय सुचना आयोगका उपसचिब कुमार दाहालले अभिमुखिकरण गरेका थिए । अभिमुखिकरण पश्चात सहभागीहरुले सुचनाको बारेमा तथा सुचना माग्दा झेल्नु परेका समस्याको समाधानका लागि प्रश्नहरु गरेका थिए । सहभागीहरुको जिज्ञासा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल र राष्ट्रिय सुचना आयोगका उपसचिब कुमार दाहालले मेटाएका थिए ।
विभिन्न सरकारी कार्यालय तथा संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, अधिबक्ता पत्रकार तथा नागरिक गरि ६० बढिको उपस्थिती रहेको सो अभिमुखिकरणमा स्वागत तथा उद्धेश्यमाथि प्रकास बास अध्यक्ष राजु लामिछानेले गरेका थिए भने कार्यक्रमको संचालन बास निर्देशक नमस्कार शाहले गरेका थिए ।
5:30 PM | Posted in Press Release | Read More »
प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघ र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड वीच एक सम्झौता पत्रमा हस्ताक्षर गैरआवासीय नेपाली संघले आफ्नो स्थापना काल देखि नै नेपालमा विभिन्न संघ संस्थाहरुसंग नेपालको सामाजिक आर्थिक उन्नतीको लागि सहकार्य गर्दै आएको छ ।
यसै सन्दर्भमा मिति २०१३ जनवरी १७ विहिवारका दिन नेपाल पूर्वाधार विकास कम्पनीको कार्यालयमा भएको एक कार्यक्रमका दौरान गैरआवासीय नेपाली संघ र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका वीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा मुख्यतया सार्वधिक राष्ट्रिय महत्वको “काठमाडौं कुलेखानी हेटौडा सुरुङ्ग मार्ग” निर्माणमा सहकार्य गर्ने रहेको छ ।
सो सम्झौता पत्रमा गैरआवासीय नेपाली संघको तर्फबाट संघका अध्यक्ष जीवा लामिछाने र नेपाल पूर्वाधार विकास कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष कुशकुमार जोशीले हस्ताक्षर गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष कुशकुमार जोशीले यस परियोजना नेपालीहरुकै आर्थिक र प्राविधिक क्षमताको उपयोग गरी नेपालीहरुले पनि ठूला परियोजनाहरु संचालन गर्न सक्छन भन्ने कुरा विश्व सामु देखाउने धारणा राख्नु भयो । यस परियोजनाको डिजाइन र संचालन प्रकृया यही आउँदो माघ महिनाको अन्त्य सम्म सम्पन्न हुने जानकारी गराउनु भयो ।
यसै गरी गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले यस राष्ट्रिय महत्वको परियोजनामा गैरआवासीय नेपालीहरुलाई सहभागी गराइएकोमा संघको तर्फबाट आभार प्रकट गर्नु भयो । उहाँले गैरआवासीय नेपाली संघ एउटा विशुद्ध नाफा रहित सामाजिक संस्था भएकोले यसले प्रत्यक्ष रुपमा लगानी नगरेता पनि यसको संजालको सहयोगमा यस परियोजनामा गैरआवासीय नेपालीहरुले प्राविधिक र पूँजीगत सहभागीता जुटाउन सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो । साथै उहाँले आगामी दिनमा सहकार्यको एउटा खाका तयार पारी थप अगाडी बढाउनु पर्ने विचार राख्नु भयो । यस परियोजनाको प्रमोटरहरुको विश्वसनियताको आधारमा परियोजनामा एक लगानी कर्ताले लगानी गर्न सक्ने अधिकत्तम रु. १० लाख आफूले लगानी गर्ने बताउँदै सबै गैरआवासीय नेपालीहरुलाई पनि आफूले सक्दो लगानी गरी देश निर्माणमा सहभागी हुन आव्हान गर्नु भयो । उहाँले देशमा राजनीतिक क्रान्तिहरु सफल भएको तर आर्थिक उन्नती नभएको अवस्थामा नीजी क्षेत्रबाट आर्थिक क्रान्तिको विजारोपण गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा नेपाल पूर्वाधार कम्पनीका उपाध्यक्ष लाल कृष्ण के.सीले धन्यवाद व्यक्त गर्दै यो आवासीय र गैरआवासीय नेपालीहरुको सहकार्यमा संचालन हुने एक नमूना परियोजना हुने कुरा बताउनु भयो ।
10:23 PM | Posted in Press Release | Read More »
प्रेस बिज्ञप्ति
शैक्षिक विकासका लागि मित्रवत रूपमा एक हौं ९ “Lets Unite Friendly for the Educational Development ” भन्ने मूल नाराका साथ गौतम बुद्घको जन्म स्थल लुम्बिनी अञ्चल, रूपन्देही जिल्लाको पश्चिम, दक्षिण ग्रामीण भेगमा रहेका २१ वटा ग्रामीण अंग्रेजी निजी विद्यालयहरूको संगठन, रेप्सा रूपन्देहीले “रेप्सा खेल महोत्सव २०६९”को आयोजना यही माघ ६ गते उद्घाटन गरी १२ गते नृत्य प्रतियोगिता सहित समापन समारोह गर्ने जानकारी गराइन्छ । महोत्सवको उद्घाटन समारोहमा प्याब्सन रूपन्देही, जिल्ला शिक्षा कार्यालय, विभिन्न विद्यालय तथा सदस्य विद्यालयहरूका संस्थापक एवं प्राचार्यहरू, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार, शिक्षक, विद्यार्थीहरू एवं अभिभावकहरूको सहभागितामा र्यालीबाट प्रारम्भ भई एकल गायन प्रतियोगिता हुने जानकारी गराइन्छ।
७ गते देखि १० गते सम्म विद्यार्थाीहरूका लागि जुनियर लेवल (प्रा.वि. तह) र सिनियर लेवल (कक्षा ६ देखि कक्षा १० सम्म) खेलकूदका कार्यक्रमहरूमा दौड, रिले दौड, लङ्गजम्प, हाईजम्प, सटपुट, ब्याडमिन्टन र गणितीय दौड हुनेछ भने शिक्षक शिक्षिकाहरूका लागि ब्याडमिन्टन र बुद्घिचाल प्रतियोगिताका कार्यक्रमहरू हुने छन्। समापन समारोहमा “नृत्य प्रतियोगिता”, पुरस्कार वितरण, २०६८ सालको एस.एल.सी.मा शतप्रतिशत नतिजाल्याउने सफल विद्यालयहरू तथा रेप्सा स्तरीय विद्यालयहरूबाट सर्वोत्कृष्ट अंक ल्याउने एक/एक जना छात्र र छात्रालाई सम्मान,प्रत्येक सदस्य विद्यालयहरूका एक/एक जना सर्वोत्कृष्ट २१ जना शिक्षक/शिक्षिकाहरूलाई सम्मान, सहयोगी संघ संस्था एवं व्यक्तिवहरूलाई सम्मान गर्दै कार्यक्रमको समापन गरिने छ।
स्मरणीय रहोस्, यस संस्था स्थापनाको दोस्रो वर्ष २०६२ बाट नै रेप्सा स्तरीय एकल नृत्य प्रतियोगिता बाट शुरु हुादै “रेप्सा सप्ताह”अन्तर्गत विभिन्न साहित्यिक तथा खेलकूद कार्यक्रमहरूले विद्यार्थी भाईबहीनीहरुको बिभिन्न प्रतिभा उजागर गर्दै आएको छ। यस वर्ष २०६९मा अलिक फरक तरिकाबाट साहित्यिक कार्यक्रमहरू मासिक रूपमा सञ्चालन गरिसकीएको र खेलकूदका कार्यक्रमहरू “रेप्सा खेल महोत्सव २०६९”का रुपमा फर्साटिकर उच्च माबिको बर्मेली टोल स्थित खेल मैदानमा आयोजना गर्न लागिएको छ। सास्कृतिक, खेल र पुरस्कार तथा सम्मान कार्यक्रमहरुको संयोजकमा क्रमश: चुडामणी डुम्रे , सुदीप केसी र कपिलमणि ढकाल रहनु भएको छ ।
रेप्सा रूपन्देही, विभिन्न विद्यालय, संघ संस्था, सञ्चार माध्यम, पत्रकार, विद्यार्थी,अभिभावक, शिक्षक, प्रिन्सिपल,प्रवन्धक, संस्थापक, अध्यक्ष एवं शुभचिन्तकहरूलाई यसै विज्ञप्ति मार्फत आमन्त्रण गर्दै “रेप्सा खेल महोत्सव २०६९” भव्यताका साथ सफलपारिदिनुहुन अनुरोध गर्दछौं ।
8:35 AM | Posted in Press Release | Read More »
तरुणदलको वडा कमिटि गठन
पत्र संख्या :
तरुणदलको वडा कमिटि गठन
पाल्पा,
नेपाल तरुणदल जिल्ला समितिको निर्णय बमोजिम दललाई सक्रिय र क्रियासिल बनाउने उद्देश्यले नेपाल तरुणदल वडा नं. ८ भगवतीटोलका युवाहरुको भेलाले सुधिर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यिय तरुणदल वडा समिति गठन गरिएको छ ।
सो तरुणभेलाले आजित राजलवट उपाध्यक्ष, संजयराज शाक्य सचिव, वसन्त खाम्चा, कोषाध्यक्ष र सदस्यहरुमा सन्देश श्रेष्ठ, रविन गौतम, सोनीत प्रधान, धन, व, थाापा, निलिमा राजभण्डारी, निराजन कार्की, सन्तोष पाण्डे, विकास गौतम, विष्णु गौतम, मदन अर्गाली, मनिसा कोइराला रहेको जनाएको छ ।
सोही भेलाले नगर अधिवेशन प्रतिनिधिकालागि निलिमा राजभण्डारी, आजित रजालवट र विष्ण्ुा गौतमलाई पठाउने निर्णय भएको जनाएको छ । भने सोही भेलाले आजित राजलवटलाई जिल्ला अधिवेशन प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।
नेपाली कााग्रेस केन्द्रिय सदस्य राजन प्रसाद पन्तको आतिथ्यतामा सम्पन्न सो तरुण भेलामा नेपली कांग्रेस नगर समितिका सभापती चकोरमान शाक्य, नेपाल तरुणदल पाल्पाका सभापती भुषणराजलवट, नेका महाधिवेशन प्रतिनिधि राजेन्द्र गोपाल सिंह, पद्यम् पव्लिक उमाविका पूर्व प्राचार्य लक्ष्मी खनाल, राजिव श्रेष्ठ नगर अध्यक्ष सुजन श्रेष्ठ, नेकाका वडा सचिव पुस्कर रेग्मी, पूर्व वडा अध्यक्ष जगमोहोन श्रेष्ठ लगाएतका बत्ताहरुले नवगठित तरुणदल वडा समितिका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै संगठन सुदृढिकरण र युवाहरुलाई सामाजिक र विकास निमार्णका कार्यमा लगाउन यो भेला महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
नेपाली कांग्रेस वडा नं ८ बुथ समितिका सभापती भुषणराजलवटको अध्क्षतामा भएको सो भेलाले एसएलसीमा उत्र्तिण विद्यार्थीलाई सम्मान गर्ने निर्णय समेत भएको जनाएको छ ।
प्रजातन्त्र सेनानी सम्मानीत
पाल्पा,
नेपाली कांग्रेस वडा नं. ८ भगवतीटोल वुथ समितिले नेकाका सकृय सदस्य एवं प्रजातन्त्रका सेनानी पूर्व वडा अध्यक्ष जगमोहन श्रेष्ठलाई एक समारोहका विच सम्मान पत्र सहित सम्मान गरिएको छ ।
२००७ साल देखि निरन्तर नेकाको सगंठन सुदृढिकरण वडाको विकास निर्माण एवं साजिक कार्यमा सकृय पुर्वक आफ्नो जीवन उत्साह गरेको हुदा उहालाई सम्मान गरिएको जनाईएको छ ।
नेकाका वडा कमिटिले आयोजना गरिएको एक समारोहमा विच कार्यक्रममा प्रमुख अतिथि नेकाका केन्द्रिय सदस्य राजन प्रसाद पन्तले दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको थियो ।
सो अवसरमा प्रमुख अतिथि केन्द्रिय सदस्य राजन प्रसाद पन्तले नेका पदको लागी राजनिति नगरेको बताउनुहुदै लोकतन्त्रको रक्षा, कानुनी शाशन र नागरिक स्वतन्त्रताको हिमायती भएको हुदा जस्तो सुकै मुल्य चुकाएर भएपनि राष्टियताको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो । नेता पन्तले माओवादि सर्वसत्तावादका विरुद्ध अव वडा वडाबाट आवाज उठाउनु अवश्यक भएको धारणा राख्नु भएको थियो । सम्मान तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति चकोर मान शाक्य , ने का महाअधिवेशन प्रतिनिधि राजेन्द्र गोपाल सिंह , पूर्व प्राचार्य श्रीमती लक्ष्मी खनाल सम्मानीत व्यक्तित्व जगमोहन श्रेष्ठ , राजिव श्रेष्ठ लगायतका वक्ताहरुले सम्मानित हुनेलाइृ बधाई ज्ञापन गर्दै पाटिको संगठन मजबुद बनाउन कृयाशिल भै रहनु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेस बुथ समिती सभापति भूषण राजलवटको अध्यक्षतामा सञ्चालन सो कार्यक्रमको संचालन सचिव पुस्कर राज रेग्मीले गर्नु भएको थियो । जय नेपाल ।
8:00 AM | Posted in Press Release | Read More »
Press Release
दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन प्रक्रिया अगाडि वढीरहेको समयमा प्रधानमन्त्रीको दबाबमा छानबिन रोक्न लगाएको कदम प्रति अनेरास्ववियु घोर आपति प्रकट गर्दछ । प्रधानमन्त्रीको यस्तो हर्कत जतिशब्दले निन्दा गरेपनि कम हुन्छ । हत्यामा संलग्न स्वयम व्यक्तिहरूले अपराध स्वकार गरि सकेको अवस्थामा अपराधलाई वढवा दिने गरि प्रधानमन्त्रीले दबाब दिनु आमजनतालाई मृत्युको मुखमा धकेल्नु जस्तै खतनाक विषयक हो । ‘दुई दिनसम्म झुन्डाएर सिस्नो पानी र लौरोले कुटदापनि नमरेपछि जिउदै खाल्टो खनि पुरेको’ भन्ने बयान सार्वजनिक भएको छ । मानवअधिकार र युद्ध अपराधसाग जोडिएका यस्ता जघन्य घटना जो सुकैबाट जुनसुकै बेला घटेको भएता पनि त्यसको निस्पक्ष छानबिन हुनु पर्दछ । यसर्थ पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको निस्पक्ष छानबिनको लागि अनेरास्ववियु जोडदार माग गर्दछ । साथै हत्यामा संलग्न लक्ष्मी राम घर्ति, जय बहादुर शाही, हरिलाल पुनमगर, निरक घर्ति मगर र बीर बहादुर केसीलाई हदैसम्मको कार्वाही प्रक्रिया अगाडि वढाउन जोडदार माग गर्दछौा ।
एस एलसीमा वोर्डफस्टको पगरी गुथेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई हरेक क्षेत्रमा वोर्ड फस्तको दौर्डमा लागेका छन् । भ्रष्टचारमा वोर्ड फस्ट, राष्ट्र घातमा वोर्ड फस्ट, मंहगीमा वोर्ड फस्तको चिनारी वनाएका प्रधानमन्त्रीले फेरी अर्को कृर्तिमानी थपेका छन् यतिवेला । प्रधानमन्त्रीको पद दुरूपयोग गरेर अपराधिहरूलाई उन्मुक्ति दिलाउने काममा पनि उनले सबैलाई उछिनेका छन् । यि सम्पूर्ण कृर्तिमानप्रति अनेरास्ववियु खेद प्रकट गर्दछ ।
सतहमा आई सकेको यस हत्या प्रकरणलाई ढाकछोप गर्ने, बिभिन्न बहानामा कमजोर पार्ने खडयन्त्र भएमा त्यसको बिरूद्ध अनेरास्ववियु कडा संघर्षमा उत्रने चेतावनि दिन चाहन्छ ।
हार्दिक अभिवादन सहित !
माधव ढुङ्गेल
7:22 PM | Posted in Press Release | Read More »
Presss Release
मिति : २०६९।०९।२०
प्रेश बिज्ञप्ती
बासद्धारा संचालित भ्रष्टाचार बिरुद्ध शुद्धिकरण अभियान अन्र्तगत आज जिल्ला बिकास समिति बाकेमा साकेतिक धर्ना दिईएकोछ ।
जिल्लामा सुशासन बाहालिका लागि जिल्ला बिकास समितिको अग्रणी भुमिका रहनु पर्ने भन्दै सो धर्ना दिईएको हो ।
हामी असल शासनका हिमायति हौं, हामी भ्रष्टाचार बिरोधी हौं, घुस लिन र दिन बन्द गरौं, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, कार्यालयमा काम लिन आएका सेवाग्राहीलाई सम्मानजनक व्यवहार गरौं, कार्यालय समयको ख्याल गरौं, भ्रष्टाचार गर्नु भएकोछ भने यहाालाई प्रबेश निषेध, सेवाग्राहीलाई बिभिन्न बहानामा नझुलाऔं, भ्रष्टाचार बिरुद्ध आजै देखि शुरु गरौं लगाएतका सन्देश उल्लेखित प्लेकार्ड झुण्ड्याई असल शासन हिमायितहरु एक घण्टा जिल्ला बिकास समितिको गेटमा १० बजे देखि ११ बजेसम्म धर्ना बसेका थिए ।
धर्ना पश्चात जिल्ला बिकास समिति बााकेका योजना अधिकृत दिपक ढकाललाई ११ बुादे ज्ञापन पत्र बुझाईएको छ । ढकाललाई बासका कार्यबाहक अध्यक्ष सुरेन्द्र शाहीले ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण गरिएको ज्ञापन पत्रमा स्थानीय निकाएमा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरिनु पर्ने, नियमित रुपमा जिबिसको सार्बजनिक सुनुवाई गरिनु पर्ने, बर्षमा एक पटक पनि गाबिसमा सार्वजनिक सुनुवाई नगर्ने गाबिसलाई कार्बाही गरिनु पर्ने, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरिनु पर्ने, सुचना सहज ढंगले उपलब्ध गराउने व्यवस्था मिलाईनु पर्ने, बिना झण्झट आबश्यक सेवा सर्बसाधारणलाई उपलब्ध गराइनुपर्ने, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरिनु पर्ने, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरश: पालना गरिनुपर्ने, हरेक गाबिसमामा नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गरिनु पर्ने, जिबिसमा गुनासो सुनुवाई संयन्त्र निर्माण गरिनु पर्ने, जिल्लामा हुने भ्रष्टाचार नियन्त्रणका लागि अनुगमन तत्काल थालिनुपर्ने रहेका छन् ।
कार्यक्रममा बोल्दै जिबिस बााकेका योजना अधिकृत दिपक ढकालले बासद्धारा संचालित शुद्धिकरण अभियान सचेत नागरिकहरुको अभियान भएको बताए । उनले सुशासन स्थापनार्थ जिबिस प्रतिबद्ध रहेको समेत बताए । बास निर्देशक नमस्कार शाहले कार्यक्रम संचालन गरेका थिए ।
नमस्कार शाह
निर्देशक, बास
10:14 PM | Posted in Press Release | Read More »
प्रेस बिज्ञप्ती
सम्पूर्ण गाविसहरुले आर्थिक बर्षको अन्तमा अनिवार्य रुपले सार्वजनिक सुनुवाई गर्नु पर्ने प्रावधान रहेको छ । गाविसले गरेका प्रगति तथा आर्थिक प्रतिबेदनहरुको बारेमा सेवाग्राहीहरुलाई पारदर्शि रुपले राख्ने यो कार्यक्रम बााके जिल्लाका विभिन्न गाविसहरुले गरेको पाईएको छ । तथापी कतिवटा गाविसहरुले सार्वजनिक सुनुवाई गरे, नियम संगत रुपमा गरेकी गरेनन् र कुन संस्था मार्फत अर्थात स्बयम् गाविसले आफै सुनुवाई गरेको हो यसबारेमा आज जिल्ला विकास समिति बााकेमा सुचना माग सहित निबेदन पेश गरिएको छ ।
बासका उपनिर्देशक हेमराज भट्ट र बासका कार्यक्रम संयोजक मन भण्डारीले संयुक्त रुपमा निबेदन पेश गरेका हुन । यो भन्दा अगाडी बासले आबश्यक सुचनाहरुको माग गरि जनता सामु पऱ्याउने काम गर्दै आएको थियो । जिल्ला बिकास समिति मा पेश भएको निबेदनमा तपसिल बमोजिमका सुचनाहरु आबश्यक भएकाले सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम उक्त सुचनाहरु एक हप्ता भित्र उपलब्ध गराईदिन अनुरोध गरिएको छ ।
तपसिल :
१. सुशासन नियमावलि २०६५ को नियम २० र गाउा बिकास समिति अनुदान सञ्चालन कार्यबिधि २०६७ भाग १० को दफा ४१ को उपदफा (च) बमोजिम बर्षमा गाबिसले कम्तिमा एक पटक सार्बजनिक सुनुवाई गर्नु पर्ने प्राबधान बमोजिम बााकेका ४६ गाबिस मध्ये २०६८/२०६९ आ.ब.को सार्बजनिक सुनुवाई हाल सम्म कति वटा कुन कुन गाबिसले सम्पन्न गरे ?
२. २०६९ पौष १५ सम्म पनि सार्बजनिक सुनुवाई नगर्ने गाबिस को को हुन् ?
३. नियमित रुपमा बर्षको एक पटक पनि सार्बजनिक सुनुवाई नगर्ने गाबिसलाई जिबिसले कस्तो कार्बाही गर्दै आएको छ ?
४. कति वटा गाबिसले नियमावलि र कार्यबिधि ऐन अनुसार सार्बजनिक सुनुवाई गरे, कति वटाले सार्बजनिक सुनुवाईका अर्थ लाग्ने अन्य कार्यक्रम गरे ?
५. सुनुवाई आयोजना गर्ने गाबिसले कुन मितिमा कुन संस्थासाग सहकार्य गरेर वा स्वयं आफै सार्बजनिक सुनुवाई गरे ?
६. सुनुवाई आयोजक गाबिसले सुनुवाईको बिधि पूरा गरे वा गरेनन् ?
निबेदक
१. हेमराज भट्ट, उपनिर्देशक बास
२. मन भण्डारी, कार्यक्रम संयोजक, बास
6:31 PM | Posted in Press Release | Read More »
PRESS RELEASE
PRESS RELEASE
Nepal Handball Association is proud to organize the IHF Trophy (International Handball Championship) under the aegis of International Handball Federation. Teams from South Asia and Yemen are part of the Event, where Afghanistan, Bangladesh, India, Pakistan, Yemen and Nepal are taking part in both Men's and Women's Pools.
This is the first time that IHF Trophy has included Female competition as well. The competition is played on League cum Knockout basis. All six teams are divided into two groups for their league encounters, which runs for the first three days and final two days are for the knockout basis positional encounters. Over 168 athletes under 21 years of age and officials are staying in the country for a week. Thus this has a great value in promoting nation's sports tourism as well.
The Winner and Runner up teams both in Male and Female competition will qualify for the second round Continental level IHF Trophy.
Nepal Handball Association is hosting the official International Tournament for the first time. It has completed all preparatory works and last three days are remained for final touches. Delegates are starting to arrive from today. IHF and AHF representatives will witness and supervise the competition. They will also run courses for Coaches and Referees during the competition days.
Following national and international sports traditions, we have a mascot- the leopard. It resembles the very Handball qualities of being fast and agile. Handball is considered the second fastest team game behind Ice Hockey. Our mascot also shows our concern over environment and animal rights. We all know these big cats are in the verge of extinction.
The logo of the competition has been as provided by the IHF. It is a universal logo with dates and venue tailored as appropriate to various regions and corresponding dates.
Nepal Handball Association has set up a Competition Management Office (CMO) to prepare and run this championship successfully. Through CMO we have initiated to implement modern management tools and techniques in managing and administering the Sport. It has an Advisory Committee to help prepare and organize the competition. 19 various sub committees are laboring to guarantee a successful tournament. We hope the Media sector will extend their support to run this competition successfully and raise the prestige of the nation through Sports.
Thank You and Have a Nice Day!
Contact
Competition Management Office ( CMO)
IHF Trophy-2012
Uttar Dhoka, Lazimpat, Kathmandu
PhNo: 01-4431704, 01-6216157,
Cell : 9851146391,9856022099,9851038030,9841376005 Tej Gurung
President
6:43 PM | Posted in Press Release | Read More »
Press Release
आज मिति २०६९ मंसिर ६ गते नेपालमा क्रियाशील महत्वपूर्ण १२ विद्यार्थी संगठनहरुको संयुक्त बैठक अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा सम्पन्न भयो । बैठकले विभिन्न विषयहरुमाथि छलफल गर्दै निम्नानुसारका महत्वपूर्ण निर्णयहरु गरेको छ :–
१. राष्ट्रिय सहमतीको भावना विपरित एकलौटी ढंगले अध्यादेशकै आधारमा संक्रमणकाल लम्ब्याउने गरी सरकारद्वारा ल्याएको बजेट प्रति संयुक्त विद्यार्थी संगठन खेद प्रकट गर्दै अविलम्ब सहमतीका साथ पूर्ण बजेट ल्याउन जोडदार माग गर्दछ ।
२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीहरुको चालू आन्दोलनप्रति संयुक्त विद्यार्थी संगठन ऐक्यवद्धता व्यक्त गर्दछ । साथै आन्दोलनकारीमाथि भएको प्रहरी दमन र प्रशासनिक दुव्र्यवहार प्रति घोर निन्दा एवं भत्सर्ना व्यक्त गर्दछ ।
३. विगतमा विद्यार्थी संगठनहरु र सरकारबीच भएका विभिन्न सहमतीहरु अझै पनि कार्यान्वयन भएका छैनन् । सहमतीको कार्यान्वयन गर्न सम्पूर्ण पक्षको पुन: ध्यानाकर्षण गराउन चाहन्छांै । अन्यथा आन्दोलनमा जाने चेतावनी दिन चाहन्छौं ।
४. राष्ट्र्रघाती, जनविरोधी र सर्वसत्तावादी चिन्तन र कार्यशैली बोकेको बाबुराम सरकार विरुद्ध राजनीतिक पार्टीहरुले संचालन गर्ने सम्पूर्ण आन्दोलनका कार्यक्रमहरुमा हाम्रो ऐक्यवद्धता र समर्थन रहनेछ।
५. विद्यार्थी संगठनहरुसाग सहमती भएको भन्ने कपोकल्पित हवला दिादै इन्जिनियरिंगलगायत विभिन्न संस्थाहरुमा प्रत्येक वर्ष मनोमानी ढंगले बढाउने शुल्कवृद्धिको विरोध गर्दै यो प्रक्रिया तुरुन्त बन्द गर्न संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछ । अन्यथा आन्दोलनमा जाने चेतावनी दिन चाहन्छ ।
६. आज कुनै पनि निर्वाचित संस्था नभएको अवस्थामा नयाा नेतृत्व विकासको आधारको रुपमा स्थापित विद्यार्थीहरुको हक अधिकार प्राप्तिको साझा मञ्चका रुपमा परिचित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नभएको चार वर्ष भैसकेको छ । हामी सबै विश्वविद्यालयलाई स्ववियु निर्वाचन सम्पन्न गर्न विद्यार्थी संगठनहरुबीच छलफल आरम्भ गरी सहमतीका साथ निर्वाचन घोषणा गर्न जोडदार माग गर्दछांैं ।
11:23 PM | Posted in Press Release | Read More »







