प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघ
NON-RESIDENT NEPALI ASSOCIATION
प्रेस विज्ञप्ति – २१/०११– १३
गैरआवासीय नेपाली संघ र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड वीच एक सम्झौता पत्रमा हस्ताक्षर गैरआवासीय नेपाली संघले आफ्नो स्थापना काल देखि नै नेपालमा विभिन्न संघ संस्थाहरुसंग नेपालको सामाजिक आर्थिक उन्नतीको लागि सहकार्य गर्दै आएको छ ।
यसै सन्दर्भमा मिति २०१३ जनवरी १७ विहिवारका दिन नेपाल पूर्वाधार विकास कम्पनीको कार्यालयमा भएको एक कार्यक्रमका दौरान गैरआवासीय नेपाली संघ र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका वीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा मुख्यतया सार्वधिक राष्ट्रिय महत्वको “काठमाडौं कुलेखानी हेटौडा सुरुङ्ग मार्ग” निर्माणमा सहकार्य गर्ने रहेको छ ।
सो सम्झौता पत्रमा गैरआवासीय नेपाली संघको तर्फबाट संघका अध्यक्ष जीवा लामिछाने र नेपाल पूर्वाधार विकास कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष कुशकुमार जोशीले हस्ताक्षर गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष कुशकुमार जोशीले यस परियोजना नेपालीहरुकै आर्थिक र प्राविधिक क्षमताको उपयोग गरी नेपालीहरुले पनि ठूला परियोजनाहरु संचालन गर्न सक्छन भन्ने कुरा विश्व सामु देखाउने धारणा राख्नु भयो । यस परियोजनाको डिजाइन र संचालन प्रकृया यही आउँदो माघ महिनाको अन्त्य सम्म सम्पन्न हुने जानकारी गराउनु भयो ।
यसै गरी गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले यस राष्ट्रिय महत्वको परियोजनामा गैरआवासीय नेपालीहरुलाई सहभागी गराइएकोमा संघको तर्फबाट आभार प्रकट गर्नु भयो । उहाँले गैरआवासीय नेपाली संघ एउटा विशुद्ध नाफा रहित सामाजिक संस्था भएकोले यसले प्रत्यक्ष रुपमा लगानी नगरेता पनि यसको संजालको सहयोगमा यस परियोजनामा गैरआवासीय नेपालीहरुले प्राविधिक र पूँजीगत सहभागीता जुटाउन सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो । साथै उहाँले आगामी दिनमा सहकार्यको एउटा खाका तयार पारी थप अगाडी बढाउनु पर्ने विचार राख्नु भयो । यस परियोजनाको प्रमोटरहरुको विश्वसनियताको आधारमा परियोजनामा एक लगानी कर्ताले लगानी गर्न सक्ने अधिकत्तम रु. १० लाख आफूले लगानी गर्ने बताउँदै सबै गैरआवासीय नेपालीहरुलाई पनि आफूले सक्दो लगानी गरी देश निर्माणमा सहभागी हुन आव्हान गर्नु भयो । उहाँले देशमा राजनीतिक क्रान्तिहरु सफल भएको तर आर्थिक उन्नती नभएको अवस्थामा नीजी क्षेत्रबाट आर्थिक क्रान्तिको विजारोपण गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा नेपाल पूर्वाधार कम्पनीका उपाध्यक्ष लाल कृष्ण के.सीले धन्यवाद व्यक्त गर्दै यो आवासीय र गैरआवासीय नेपालीहरुको सहकार्यमा संचालन हुने एक नमूना परियोजना हुने कुरा बताउनु भयो ।


