रेड बुल जिल्ला रास्ट्रिय लिग फुटबलको छनौट खेल संपन्न
राजेश्वर उदय,तानसेन -तानसेनको स्थानीय खेल मैदान टुडिखेलमा गत १६ पौषबाट पाल्पाका १८ फुटबल टिमको सहभागितामा रेड बुल जिल्ला रास्ट्रिय लिग फुटबलको छनौट खेल शुरु भइ हिजो २ माघ सोमबार दिनको ३ बजे शुरु भएको युथ युनियन क्लब विरुद्ध कल्याण कोष समिती बीच भएको फुटबल फाइनलखेलमा युथ युनियन क्लबले १ गोलले विजयी भयो | एन्फा पाल्पाका सभापति भीमसेन कार्कीको अध्यक्ष्यतामा सम्पन्न भएको उक्त पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिका कार्यकारी अधिकृत निरन भट्टराई, विशिष्ट अतिथि गणपति मोहन क्षेत्री र एन्फा पाल्पाका उपाध्यक्ष राजेश्वर उदयले कप, मेडल,प्रमाण पत्रका साथमा नगद पुरस्कार समेत वितरण गर्नु भएको थियो |
