|

बन्दले पूर्वको जनजीवन थप कष्टकर

धनकुटा, मंसिर २७ - राज्य पुनसंरचना आयोगमा आफ्नो दलको सहभागिता हुनु पर्ने लगायतका माग राख्दै संघीय लिम्बुवान राज्य परिषद (सन्जुवान पालुङ्वा) पक्षले दुइ दिनदेखि गरेको बन्दले पूर्वको जनजीवन थप कष्टकर बनेको छ ।

बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा मंगलबार पनि यात्रु वाहक तथा ढुवानी साधनहरु चलेका छैनन् । धनकुटा हुंदै भोजपुर, संखुवासभा, तेह्रथुम तर्फ चल्ने सवारी साधन समेत ठप्प रहेको छ । तरकारी, दुध बोक्ने सवारी तथा एम्बुलेन्स, प्रेसका साधन र छिटपुट मोटरसाईकल मात्र चलेको ट्राफिक प्रहरीले जनाएको छ । २०६४सालमा पुर्व सरकारसंग गरिएका विभिन्न पाँच बुदाका सहमति अनुसार राज्य पुनर्संरचना आयोगमा प्रतिनिधित्व नगराएको भन्दै परिषदले अनिश्चितकालिन बन्द घोषणा गरेको जनाएको छ ।

धनकुटा, संखुवासभा, तेह्रथुम, सुनसरी, मोरङ्, झापा, इलाम, पाँचथर र ताप्लेजुङ् जिल्लामा परिषदले बन्द आब्हान गरेको छ । बन्दका कारण बजार, कलकारखाना, शिक्ष्ाण संस्था समेत प्रभावित भएका छन् भने यातायात नचल्दा कयौं यात्रु अलपत्र परेका छन् । हालसम्म वार्ताको पहल नगरिदा सास्ती खेप्नु परेको सर्वसाधारणको गुनासो छ । खाँदबारीबाट कान्तिपुरकर्मी दीपेन्द्र शाक्यले जनाएअनुसार संघिय लिम्वुवान राज्य परिषद सन्जुहाङ पालुङवाद्वारा आहृवान गरिएको अरुणपूर्ब अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । बन्दकर्ताहरु सडकमा बन्दको आहृवान गर्दै हिँडिरहेका छन् । वन्दको दोस्रो दिन तेश्रोपनि संखुवासभाको खाँदबारीवाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसधान चलेका छैनन् ।शिक्षण संस्थाहरु सञ्चालन हुन नसक्दा बिद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।
                                                                                                                                        स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बन्दले पूर्वको जनजीवन थप कष्टकर"

Leave a reply