प्रेम प्रस्ताव आउछन् तर त्यसलाई कसरी लिने भन्ने कुरा महत्वपूर्ण हो
कृष्णगण्डकी–७, स्याङ्जामा वि.सं. २०४२ साल भदौ २२ गते जन्मिएर काठमाण्डौंलाई कार्यथलो बनाई गीत संगितको क्षेत्रमा चर्चा कमाउनुभएका लोकगायक खुमन अधिकारी संग हाम्रा सहकर्मी मुक्तिप्रसाद न्यौपानेले गर्नुभएको कुराकानी ।
१. गीत संगीतको क्षेत्रमा कहिलेदेखी प्रवेश गर्नुभयो ?
- २०६२ सालमा काठमाण्डौं पढाईको सिलसिलामा काठमाण्डौं पुगेको थिए त्यस समयदेखी नै प्रवेश गरेको हु।
२. लोगसंगीतमै लाग्नको लागि कसबाट प्रेरणा पाउनुभयो ?
- सर्वप्रथम मेरो बुबाआमा एवं सम्पूर्ण घरपरिवारको प्रेरणा र सहयोगले अगाडी बढेको हुा त्यसपछि पनि साथिहरुको सहयोग पाइराखे ।
३. गीतसंगीतमा चुनौती रहेकाछन् भन्ने सुनिन्छ, कीन यस क्षेत्रमै लाग्नुभयो ?
- चुनौती हरेक क्षेत्रमा रहेको हुन्छ त्यसलाई सामना गर्न सक्नुपर्छ । यस क्षेत्रमा लागेर संस्कृतीको जगेर्ना गर्न र नाम कमाउनकै लागि लागि परेको हु ।
४. राजनीतिक प्रभाव सबै क्षेत्रमा परिरहेको छ भन्ने सुनिन्छ, कलाकारीतामा पनि यसले प्रभाव पारेको हो ?
- राजनीतिक दृष्टिकोणले यस क्षेत्रलाई हेरी सकिएको छैन न त राजनीतिक क्षेत्रबाटनै गीत संगितको क्षेत्रमा केही गरिएको नै ।
५. सरकारी तवरबाट केही हुनुपर्ने हो ?
- अहिले कस्तो अप्ठारो परिस्थिती छ भने गाउन सकुन्जेल गाउने नसकेपछि कतैबाट पनि सहयोग छैन, सरकारी तवरबाट पनि कुनै सुविधा छैन अब बन्ने संविधानमा यस्ता धेरै कुराहरु समेटिन्छ भन्ने आशा बोकेका छौ ।
६. फरक प्रसङ्गमा प्रवेश गरौं, प्रेम प्रस्ताव त निकै आउछन् रे ?
- हो प्रेम प्रस्ताव नआउने त होइनन् आउछन् तर त्यसलाई कसरी लिने भन्ने कुरा महत्वपूर्ण हो । दर्शक एवं स्रोताहरुको मायालाई पनि मायाकै रुपमा सबैप्रति भावना अभिव्यक्ति गरिरहेको छु ।
७. विहे गर्छु भन्छन् रे नी ? विवाह गरिसक्नुभएको छ ।
- विहे गर्छु भनेर कतिले फोनमा कुराकानी गर्छन त कतिले त प्रत्यक्ष पनि भेटेका हुन्छन् । बुझेर पनि मायाको अभिव्यक्ति हो भन्ने मेरो बुझाई छ ।
८. कतिवटा एल्वम निकाल्नुभयो ?
- धेरै एल्वममा स्वर दिएको छु आफ्नै लगानीमा दुई तीनवटामात्र एल्वम निकालेको छु ।
९. पढाईलाई निरन्तरता दिनुभएकै छ साथै गीतसंगीत कसरी सम्भव छ ?
- गीतसंगीत लागेर पनि समयको व्यवस्थापन गर्दै जनसंख्या शिक्षामा स्नातकतहको पढाई पुरा गरेको छु अब स्नाकोत्तर तहका लागि तयारी गर्दै छु ।
१०. अन्तिममा तपाईलाई माया गर्ने दर्शकहरुलाई के भन्न चाहानुहुन्छ ?
- राम्रा सिर्जनाहरुलाई मर्न दिनुहुनेछैन भन्ने आशा छ, अति उत्तम गीतहरु पनि पछाडी परेको देख्दा चिन्ता लाग्छ । लोकसास्कृतीको जगेर्ना गर्नका लागि पक्कै पनि सहयोग हुने छ ।
११. समय दिनुभएकोमा धेरै धन्यवाद ।
- आफ्ना कुराहरु राख्ने समय दिनुभएकोमा सम्पूर्ण बुटवल अनलाइन युनिट र तपाईलाई पनि धन्यवाद ।

tara yo man yati thulo huncha ki haee yes ko kunai seema 6ena kina ki ma yes lai jandchu if some wana talk with u so give some world for frnz whate u lose ?
but he not give u any respact beause what is he i know ?
i don.t like this kinds of pepoole