उधौली पर्व पाल्पामा पनि मनाइयो
मुक्तिपसाद न्यौपाने,मंसिर २६, पाल्पा-पाल्पाको रुप्से गा.वि.समा मंसिरे पूर्णिमा मनाईने उधौली पर्व अन्र्तगतको घर्ती भुजेल जातिले मनाउने भुजेली पर्व धुमधामका साथ मनाएका छन ।
यो पर्व घर्ती भुजेल जातिको महान पर्व मानिन्छ । भुजेली पर्वको उपलक्ष्यमा भुजेल जातिहरुले एक आपसमा खुशियाली साटासाट गर्नुका साथै देशमा शान्तीको कामना पनि गरेका छन । विषेश गरी प्रकृतिको पुजा गरीने यस पर्वमा घर्ती भुजेल जातिले सुर्य, वायु, जल, जंगल र भुमिको छुटाछुटै थान बनाई विधि पूर्वक पुजा गर्नुका साथै हास, कुखुरा, बोकाको बली दिने चलन रही आएको छ । यस पर्वमा अचम्मको कुरा के छ भने पुजामा चढाईने प्रसाद घरमा नल्याई पुजा गरीएको स्थानमा नै सक्नु पर्ने हुन्छ । यो जाति नेपालको सिमान्तकृत जातिमा पर्छ । देशमा संघियताको माग बढि रहेको अवस्थामा हाल आएर यो जाति पनि आफनो संस्कार सस्कृतिको जर्गेनाको निमित्त लागि परेको पर्व मनाउादै आएकी मधु घर्तीले बताइन् ।
यो पर्व पाल्पा जिल्लाको झडेवा गा.वि.स र खालीवन गा.वि.स मा पनि मनाईएको छ । यो पर्व भुजेल जाति ले वर्षको दुई चोटी उधौली र उभौली गरी मनाउदछन् ।