|

गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

पाल्पा, मङ्सिर २६- गुल्मी जिल्लाको ग्वादी गाविस-५ स्थित यातुङ्ग खोला नजिकै भएको आइतबारको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। थप ८ जना घाइतेको उपचार भैरहेको छ।

उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा सोमबार बिहान ३ बजे बाग्लुङ घर भइ गुल्मी गल्कोट बस्ने ६८ बर्षीया लली क्षेत्रीको मृत्यु भएको हो। आइतबार बेलुकासम्म सनाखत हुन नसकेकी एक महिलाको पनि सनाखत भएको छ। गुल्मी अस्लाङकोट ६ की ४५ वर्षीया कालिका खरेलको उपचारको लागि पाल्पा ल्याउँदै गर्दा मृत्यु भएको हो।

घाइते मध्ये २ जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर मध्येका चालक दलबहादुर थापालाई चितवन भरतपुर अस्पताल रेफर गरिएको छ भने मदन चालिसेलाई काठमाडौँ बीएनबी अस्पताल रेफर गरिएको लुम्बिनी मेडिकल कलेजका सूचना संयोजक प्रकाश रानाभाटले जानकारी दिए। मृत्यु हुने थप दुई जनामा बाग्लुङ रिघा गाविस-९ का ३६ वर्षीय शेरबहादुर काउछा र रुपन्देही फर्साटिकटका ६ महिनाका बालक हेमन्त चालिसे रहेका इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ।
मृतक मध्ये बालकको घटनास्थलमै मृत्यु भएको थियो भने काउछाको उपचारको क्रममा रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा मृत्यु भएको हो। बाँकी दुई जनाको उपचारका क्रममा ल्रम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो।

बुटवलबाट वाग्लुङ्गको हटियाकालागि छुटेको ध १ ज १९१ नम्बरको जिप अपरान्ह गुल्मीको ग्वादी गाविस ५ स्थित यातुङ्ग खोला नजिकै सडकबाट करिव सय मिटर तल काली गण्डकी किनारमा खसेको पौडेलले बताए। कठिन भीर भएकाले उद्दारका लागि एक घण्टा बढी समय लागेको उनले बताए। बाटो अत्यतै साघुँरो भएका कारण छेउको डिल भासिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
                                                                                                             स्रोत :नागरिक न्युज (टेकनारायण भट्टराई)

Posted by Butwalonline on 1:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो"

Leave a reply