|

आमा र छोरा मिलेर बाबुको हत्या

पर्वत , मंसिर २६ - पर्वतको आर्थर गाविसमा आमा र छोरा मिलेर बाबुको हत्या गरेका छन् । आर्थरडाँडाखर्क गाविस ८ का ५५ वर्षीय कृष्णबहादुर सुनारका श्रीमती र तीन छोरा मिलेर कुट कुटपीट गरी सुनारको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकका भाइ चन्द्रबहादुर सुनारले जाहेरी दिएपछि पक्राउ परेका श्रीमती इन्द्रकुमारी सुनार, छोराहरु रामु, काशीराम र कुमार सुनारसँग कर्तब्य ज्यान मुद्दामा अनुसन्धान थालेको हो । सुनारले घर छेउकै गोठमा आगो लगाएपछि छोरा र श्रीमती मिलेर सुनारलाई कुटपिट गरी १९ गते सोमबार हत्या गरेको अनुसन्धानको क्रममा खुलेको हो ।

हत्या गरिएका सुनारका छोरा र श्रीमतीले विष सेवन गरी उपचारका क्रममा पोखरामा मृत्यु भएको जानकारी दिए पनि लासको प्रकृति हेरी कुटपिट गरी हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । हत्या गरिएका सुनारको ओठमा चोट लागेको,आँखा सुनिएका र शरीरभरी निलडाम रहेको पाईएको पनि गुरुङले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

पक्राउ परेका अभियुक्तहरुसँग बयान लिने कार्य जारी रहेको र घट्नाका बारेमा थप कुरा खुल्ने प्रहरीले जनाएको छ । सुनारले मदिरा सेवन गरी घरमा आएर श्रीमतीलाई कुटपिट गर्ने गरेकाले हत्या गरेको पक्राउ परेका अभियुक्तले प्रहरी समक्ष बताएका छन् ।
                                                                                                                                     स्रोत :कान्तिपुर


Posted by Butwalonline on 1:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आमा र छोरा मिलेर बाबुको हत्या"

Leave a reply