|

विद्यार्थी आन्दोलनले महेन्द्रनगर तनावग्रस्त

महेन्द्ननगर, श्रावण १० - सुदूरपश्चिम विश्व विद्यालय सञ्चालनका लागि आवशयक बजेटको माग गर्दै आन्दोलनरत् विद्यार्थी र प्रहरीबीच महेन्द्रनगर बजारमा झडप भएको छ । झडपमा ५ विद्यार्थी घाइते भएका छन् । बजार, सरकारी कार्यालउ पूरै बन्द भएको छ ।
मंगलवार बिहान स्थानीय सिद्धनाथ बहुमुखी क्याम्पस बाट निस्केको बिद्यार्थीहरुको जुलुस जिल्ला प्रशासन कार्यालय तर्फ जाँदै गरेको अवस्थामा अस्पताल रोडमा प्रहरीसंग झडप भएपछि स्थिति तनावपूर्ण बनेको हो ।  जुलुसलाइ रोक्न खोज्दा बिद्यार्थीहरुले ढुंगा प्रहार गर्न थालेपछि झडप भएको हो । सुरुको झगडमा प्रहरीको लाठी लागेर विद्यार्थी देवेन्द्र नाथ घाइते भएका छन् । यस्को लगत्तै बजारको मदन चोक नजिक झडप भएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष पदमराज जोशीका अनुसार झडपमा २ बिद्यार्थी भाइते भएकाछन् । भएको झडपमा ६ जना बिद्याथीृ र केहि प्रहरी घाइते भए । स्थिति नियन्त्रण गर्न प्रहरीले ३ सेल अश्रु ग्यास प्रहार गरेकोछ ।
यसैबिच आन्दोलित बिद्यार्थीहरुको आव्हानमा महेन्द्रनगर बजार क्षेत्रका अधिकांस पसल तथा सरकारी कार्यालयहरु र बंैक  समेत बन्द भएका छन् । यहाँको सिद्धनाथ बहुमुखी क्याम्पसका बिभिन्न बिद्यार्थी संगठनहरुको आव्हानमा  साता यता दिनहुँ विद्यार्थीहले विश्व बिद्यालय सञ्चालनका लागि बजेट माग गर्दै प्रदर्शन गरिरहेका छन् । सरकारले चालु आर्थिक बर्षको बजेटमा सुदुर पश्चिम विश्व बिद्यालयका लागि रकम बिनियोजन नगरेको विरोधमा आन्दोलन चर्केको हो ।

Source:Kantipurnews

Posted by Butwalonline on 9:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विद्यार्थी आन्दोलनले महेन्द्रनगर तनावग्रस्त"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु