नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु
बुटवल, जेठ २२- नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृत्यु हुनेमा दुई पुरुष छन्। बाँकीको सनाखत हुन सकेको छैन। घाइतेहरुको उपचार बुटवलका विभिन्न अस्पताल लगिएको सई यदु रिमालले जनाएका छन्। घाइतेमध्ये ३ जनाको लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ भने ४ जनाको बुटवलस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। ४ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अन्य घाइतेहरुलाई पनि अस्पताल ल्याउने क्रम जारी छ।लु १ ख ४०९४ नम्बरको बस चितवनबाट बुटवल जाने क्रममा क्रममा नवलपरासीको दाउन्नेमा दुर्घटना भएको हो।
समाचार नगरीक न्यूज बाट
समाचार नगरीक न्यूज बाट

