तीन तलामाथिको झ्यालबाट खसेर एक वृद्धाको मृत्यु
काठमाडौँ, जेठ २२- ललितपुरको सातदोबाटोमा एक ९० वर्षकी वृद्धाको तीन तलामाथिको झ्यालबाट खसेर मृत्यु भएको छ। सातदोबाटो नख्खीपोटस्थित भदा किशोरबहादुर कार्कीको घरको तेस्रो तल्लाको झ्यालबाट आइतबार मध्यरात रत्नादेवी कार्की खसेकी थिइन्। कार्कीको घटनास्थलमै मृत्यु भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
समाचार नगरीक न्यूज बाट
समाचार नगरीक न्यूज बाट
