|

धनुषामा रात्री बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम, जेठ २२ - पशुपतिनगरबाट काठमाडौंका लागि छुटेको ना ३ ख ८८९२ नम्वरको रात्री बस धनुषामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। २७ यात्रु घाइते छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर छ। आइतबार दिउँसो पशुपतिनगरबाट छुटेको बस राती ११ बजे धनुषाको यज्ञभूमिमा दुर्घटनामा परेको थियो। दुर्घटनामा झापाकी ३८ वर्षीया दिलमाया लामा र नाम नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।गम्भीर घाइते लामाको उपचारका क्रममा र अर्की महिलाको गाडीले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। बस चालक फिक्कलका ज्ञानु श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
समाचार नगरीक न्यूज बाट

Posted by Butwalonline on 1:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धनुषामा रात्री बस दुर्घटना हुँदा दुई जनाको मृत्यु"

Leave a reply