बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशकको जिप दुर्घटनामा निधन
हेटौडा , जेष्ठ २२ - छोटो दुरीको बैकल्पिक राजमार्ग अन्तर्गत जुखेतमा जिप दुर्घटनामा हुँदा बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यका निर्देशक स्थानेश्वर देवकोटाको मृत्यु भएको छ । त्यसैमा रहेका काठमाडौंका डा राकेश पन्तको पनि निधन भएको छ । चालक घाइते भएका छन ।
चालकको हेटौडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका निम्ति काठमाडौ लगिएको छ । सोमवार बिहान काठमाडौवाट हेटौडा आइरहेको बा ८ च ४६१८ नम्वरको डिआइ पिकअप जीप सडकवाट २ सय मिटर तल खसेको थियो ।
उपचारका लागि एम्वुलेन्समा हेटौडातर्फ ल्याउने क्रममा दुई जनाको बाटोमै मृत्यु भएको प्रह उपरीक्षक पुर्णचन्द्र जोशीले वताए । ब्रेक फेल भएकाले जीप दुर्घटना भएको अनुमान प्रहले गरेको छ । निर्देशक देवकोटा विरामी बाबुलाई भेटन चन्द्रनिगाहापुर जाने क्रममा थिए । मृतकको शव राजधानी लगिएको छ ।
देवकोटा विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । उनी केही वर्ष अगाडि गृह मन्त्रालयबाट अनिवार्य अवकाश पाएदेखि बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
डा. पन्त महालेखापरीक्षक कार्यालयका निर्देशक माधवप्रसाद पन्तका छोरा हुन् । उनी एमडी गर्न देवकोटासँगै बीरगन्ज गएका हुन् ।
समाचार कांतिपुर बाट

