|

उच्चमाविका विद्यार्थीलाई मोटरसाईकल चलाउन प्रतिबन्ध


काठमाण्डौं जेठ २२ - उच्चमाध्यमिक विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको लापरबाहीका कारण सवारी दुर्घटना बढेको भन्दै उनीहरुलाई मोटरसाईकल चलाउन प्रतिबन्ध लगाउने भएको छ । दुर्घटना घटाउने उद्देश्यले स्कूल/क्याम्पस सञ्चालकसहित सरोकारबाला र ट्राफिक प्रहरीबीच आईतबार भएको छलफलमा उच्चमाविसम्मका विद्यार्थीलाई मोटरसाईकल सञ्चालन गर्नका प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
राजधानीमा हुने अधिकाँस सवारी दुर्घटनामा १८ बर्ष भन्दा मुनि उमेरका यसवा युवति पर्ने भएकाले पनि प्रतिबन्ध लगाउने प्रावधान बनाईएको हो  । राजधानीका सवै स्कूल र कलेजमा यो नियम लागु गर्ने सहमित भएको छ ।
उच्चमाविमा अध्ययनरत विद्यार्थीलाई मोटरसाईकलमा प्रतिबन्ध लगाउने प्राबधान अर्को शैक्षिकसत्रदेखि लागु गरिने पनि छलफलले निर्णय गरेको छ । त्यसको लागि केही समय प्रचारप्रसार गर्ने प्रहरीले जनाएको छ ।
‘राजधानीमा हुने अधिकांश दुर्घटनामा १८ बर्ष भन्दा कम उमेरका युवायुवति भेटियो, त्यसैले उनीहरुलाई विद्यालय जाँदा मोटरसाईकल प्रयोग गर्न नदिने निर्णय गरेका छौं,’ ट्राफिक महाशाखाका एसएसपी लब विष्टले भन्नुभयो ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उच्चमाविका विद्यार्थीलाई मोटरसाईकल चलाउन प्रतिबन्ध"

Leave a reply