बस र ट्रिपर ठोक्किँदा २१ घाइते
नुवाकोट (त्रिशूली), साउन १०- विदुर नगरपालिका वडा नं. ५ माझीटारमा बस र
टि्रपर एक-आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। आज बिहान ७ बजे
देवीघाटबाट यात्रु लिएर त्रिशूली आउँदै गरेको बा१ख ५४२४ नम्बरको बस र
विदुरबाट रातमाटे जाँदै गरेको बा२ख ७५२५ नम्बरको टि्रपर एक-आपसमा ठोक्दा
बसमा यात्रारत सबै घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको बट्टारस्थित पञ्चकन्या अस्पताल, त्रिशूली अस्पलतामा उपचार भइरहेको छ। अहिले उनीहरूको स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ।
द्रुतगतिमा गइरहेको ट्रिपरले बसलाई ठक्कर दिँदा बस बाटोको नालीमा खसेको छ भने ट्रिपरका चालक फरार भएका छन्। रासस