छोराबुहारीको कुटाईबाट कांग्रेस नेता अस्पताल भर्ना
कमल थापा, रुकुम, साउन १०- घरपरिवारवाट अलग भएको १० पछि अंश माग गर्दै छोरा
बुहारीको निर्घात कुटाईबाट ५३ वर्षीय वृद्ध थला परेका छन्। दक्षिणी
रुकुमको मुरु गाविस ५ का वीरबहादुर खड्का उनकै जेठा छोरा नरेन्द्र खडका र
जेठी बुहारी शकुन्तलाको कुटाईबाट घाइते भएका हुन्।
वृद्ध खड्का नेपाली कांग्रेस गाउँ इकाई समिति मुरुका सभापति हुन्।
१० वर्ष पछि पनि थप अंश माग गर्दै उनीहरुले कुटेका माइला छोरा बालारामले बताए। घरमै बसिरहेको अवस्थामा सामान्य पारिवारिक विवाद पछि एक्कासी आएका छोराले लाठी र बुहारीले हँसियाले हानेका थिए।
कुटपिटबाट वृद्ध खड्काको टाउको ,र छातीमा गम्भीर चोट लागेको छ। उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा भर्ना गरिएको छ। अस्पतालको इमर्जेन्सी कक्षमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।
कुटपिटमा संलग्न छोरा बुहारीलाई पक्राउको लागि प्रहरी परिचालन गरिएको छ। परिवारका अनुसार यस अघि पनि छोरा बुहारीहरुले बुवासँग अंशवन्डाको लागि झगडा गर्दै आएका थिए। १० वर्ष पहिले नै सामाजिक रीति अनुसार अंशवन्डा गरिएको थियो।
Source:nagariknews

अब घरका सदस्य ले त कुट्न लागे जनताले पनि येस्तै गरि सबै नेता हरुलाई कुट्ने समय आउन लागेको छ होइन भने समय भन्दा पहिले शुध्रने काम गर ए नेता हो नेपाल को भविस्य सुधार्ने काम गर समय नराम्रो आउदैछ नेता हरुको लागि
कुरो एकदम मनाशिब हो तुलसीराम जी ,आफ्नो घर को परिबारिक समस्या त समाधान गर्न नसक्ने नेताहरूले ,देशको समस्या समाधान गर्छन भनेर अपेक्षया गर्नु,यिनी हरुलाई तह लगौने पर्छ सबै जनता मिलेर ...