|

प्रेस बिज्ञप्ति

 प्रेस बिज्ञप्ति( २०६९/१०/०४    )

शैक्षिक विकासका लागि मित्रवत रूपमा एक हौं ९ “Lets Unite Friendly for the Educational Development ”  भन्ने मूल नाराका साथ गौतम बुद्घको जन्म स्थल लुम्बिनी अञ्चल, रूपन्देही जिल्लाको पश्चिम, दक्षिण ग्रामीण भेगमा रहेका २१ वटा ग्रामीण अंग्रेजी निजी विद्यालयहरूको संगठन, रेप्सा रूपन्देहीले “रेप्सा खेल महोत्सव २०६९”को आयोजना यही माघ ६ गते उद्घाटन गरी  १२ गते नृत्य प्रतियोगिता सहित समापन समारोह गर्ने जानकारी गराइन्छ । महोत्सवको उद्घाटन समारोहमा प्याब्सन रूपन्देही, जिल्ला शिक्षा कार्यालय, विभिन्न विद्यालय तथा सदस्य विद्यालयहरूका संस्थापक एवं प्राचार्यहरू, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार, शिक्षक, विद्यार्थीहरू एवं अभिभावकहरूको सहभागितामा र्‍यालीबाट प्रारम्भ भई एकल गायन प्रतियोगिता हुने जानकारी गराइन्छ।

७ गते देखि १० गते सम्म विद्यार्थाीहरूका लागि जुनियर लेवल (प्रा.वि. तह) र सिनियर लेवल (कक्षा ६ देखि कक्षा १० सम्म) खेलकूदका कार्यक्रमहरूमा दौड, रिले दौड, लङ्गजम्प, हाईजम्प, सटपुट, ब्याडमिन्टन र गणितीय दौड हुनेछ भने शिक्षक शिक्षिकाहरूका लागि ब्याडमिन्टन र बुद्घिचाल प्रतियोगिताका कार्यक्रमहरू हुने छन्। समापन समारोहमा “नृत्य प्रतियोगिता”, पुरस्कार वितरण, २०६८ सालको एस.एल.सी.मा शतप्रतिशत नतिजाल्याउने सफल विद्यालयहरू तथा रेप्सा स्तरीय विद्यालयहरूबाट सर्वोत्कृष्ट अंक ल्याउने एक/एक जना छात्र र छात्रालाई सम्मान,प्रत्येक सदस्य विद्यालयहरूका एक/एक जना सर्वोत्कृष्ट २१ जना शिक्षक/शिक्षिकाहरूलाई सम्मान, सहयोगी संघ संस्था एवं व्यक्तिवहरूलाई  सम्मान गर्दै कार्यक्रमको समापन गरिने छ।

स्मरणीय रहोस्, यस संस्था स्थापनाको दोस्रो वर्ष २०६२ बाट नै रेप्सा स्तरीय एकल नृत्य प्रतियोगिता बाट शुरु हुादै “रेप्सा सप्ताह”अन्तर्गत विभिन्न साहित्यिक तथा खेलकूद कार्यक्रमहरूले  विद्यार्थी भाईबहीनीहरुको बिभिन्न प्रतिभा उजागर गर्दै  आएको छ। यस वर्ष २०६९मा अलिक फरक तरिकाबाट साहित्यिक कार्यक्रमहरू मासिक रूपमा सञ्चालन गरिसकीएको र खेलकूदका कार्यक्रमहरू “रेप्सा खेल महोत्सव २०६९”का रुपमा फर्साटिकर उच्च माबिको बर्मेली टोल स्थित खेल मैदानमा आयोजना गर्न लागिएको छ। सास्कृतिक, खेल र पुरस्कार तथा सम्मान कार्यक्रमहरुको संयोजकमा क्रमश: चुडामणी डुम्रे , सुदीप केसी र कपिलमणि ढकाल रहनु भएको छ ।

रेप्सा रूपन्देही, विभिन्न विद्यालय, संघ संस्था, सञ्चार माध्यम, पत्रकार, विद्यार्थी,अभिभावक, शिक्षक, प्रिन्सिपल,प्रवन्धक, संस्थापक, अध्यक्ष एवं शुभचिन्तकहरूलाई यसै विज्ञप्ति मार्फत आमन्त्रण गर्दै “रेप्सा खेल महोत्सव २०६९” भव्यताका साथ सफलपारिदिनुहुन अनुरोध गर्दछौं ।



                                                          (झलक बहादुर थापा)

                                                                 अध्यक्ष

                                           रेप्सा, रूपन्देही
                                                        ९८४७०३५७७४

Posted by Butwalonline on 8:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " प्रेस बिज्ञप्ति"

Leave a reply