|

शनिबार देखि रेप्सा खेल महोत्सब शुरु हदै

बाबुराम गैरे,माघ ५, बुटवल । ग्रामिण अंग्रेजी निजी बिद्यालय संगठन रेप्साको आयोजनामा रुपन्देहिको फर्साटिकरमा शनिबार देखि रेप्सा खेल महोत्सब २०६९ शुरु हुदै छ । शैक्षिक बिकासका लागि मित्रवत रुपमा एक हौ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सबको सम्पुर्ण तयारि पुरा भएको आयोजकले बताएका छन ।

महोत्सबको शनिबार फर्साटिकर उच्च माबिको बर्मेलि टोल स्थित खेल मैदानमा एक कार्यक्रमका बिच प्याबसन रुपन्देहिका अध्यक्ष कृष्ण खनालले उद्घाटन गनुहुने बताईएको छ । कार्यक्रमको उद्घाटन पुर्ब सौ फर्साटिकर चोक देखि बर्मेलिटोल खेल मैदान सम्म ऱ्यालि समेत गरिने आयोजकले बताएका छन । ऱ्यालिमा रेप्साका सदश्य बिद्यालय , स्थानिय संघसंथाका प्रमुख, पत्रकार, शिक्षक,बिद्यार्थि साथै अभिभाबकको समेत सहभागिता रहने छ ।उद्घाटन पश्चात शनिबार नै गायन प्रतियोगिता पनि हुने रेप्साका सह सचिब तथा साास्कृतिक संयोजक चुडामणि डुम्रेले जानकारि दिनुभएको छ । रेप्सामा आबद्ध निजी बिद्यालयका शिक्षक बिद्यार्थिबिच सुमधुर सम्बन्धको बिकाशका लागि खेल महोत्सब आयोजना गरिएको रेप्साका अध्यक्ष झलक बहादुर थापाले बताउनुभयो ।

माघ १२ गते सम्म जारि रहने खेल महोत्सब अन्तर्गत जुनियर र सिनियर लेबलका बिद्यार्थिहरुको सहभागितामा दौड, रिले दौड, लङ्गजम्प, हाईजम्प, सटपुट,ब्याडमिन्टन, गणितीय दौड, नृत्य प्रतियोगिता लगायतका कार्यक्रम गरिने खेल संयोजक सुदिप केसिले जानकारि दिनुभयो । त्यस्तै शिक्षकहरुको बुद्धिचाल र ब्याडमिन्टन प्रतियोगिताको पनि आयोजना गरिएको छ । महोत्सबमा बिभिन्न प्रतियोगिताका बिजेता बिद्यार्थिहरुलाई पुरस्कार बितरण गरिनुका साथै २०६८ सालको एसएलसि परिक्षामा सत प्रतिसत बिद्यार्थि उत्रिण गराउन सफल बिद्यालय, एसएलसिमा रेप्सा प्रथम भएका छात्र र छात्रा, प्रत्येक बिद्यालयका एक-एक जना सर्बोत्कृष्ट शिक्षक र स्थानिय सहयोगि संघसंथालाई समेत सम्मान गरिने आयोजक संथाका सचिब कपिलमणि ढकालले बताउनुभयो । रेप्सामा रुपन्देहिको तिनाउ नदि पश्चिमका २१ बटा निजी बिद्यालयहरु ऋाबद्ध रहेका छन ।

        

Posted by Butwalonline on 8:27 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शनिबार देखि रेप्सा खेल महोत्सब शुरु हदै "

Leave a reply