ईराकको राजधानी बग्दादमा बम बिस्फोट हुँदा २४ को मृत्यु
बग्दाद,माघ ५ - ईराकको राजधानी बग्दादमा बम बिस्फोट हुँदा २४ जनाको ज्यान गएको छ । बग्दादको दुजल शहरको ब्यस्त बजारमा गराईएको बिस्फोटमा ६० भन्दा बढी घाइते भएका छन् ।मुश्लिम धर्मावलम्बीहरुलाई लक्षित गरी गराईएको बिस्फोटका कारण कयौं घर तथा पसलहरुमा समेत क्षति पुगेको छ । ईराकमा पछिल्लो समय मुश्लिम धर्मावलम्बीहरुलाई लक्षित गरी आतंकबादी हमलाहरु हुने गरेका छन् । यो महिना मात्रै भएको आतंकबादी हमलामा ४ सय भन्दा बढीको मृत्यु भइसकेको छ । स्रोत :ईमेज च्यानल

