|

जन्ती बोकेको जीप दुर्घटनामा पर्दा एक किशोरीको घट्नास्थलमै मृत्यु

उदयपुर, माघ ५ -  मुर्कुची-भुट्टार सडक खण्डमा जन्ती बोकेको जीप दुर्घटनामा पर्दा एक किशोरीको घट्ना स्थलमै मृत्यु भएको छ। बिहान पौने ७ बजे भएको दुर्घटनामा १० घाइतेमध्ये तीनजनाको स्थिति गम्भीर रहेको छ। बेहुला कूलबहादुर थापा भने कुशल रहेको अस्थायी प्रहरी चौकी सुकौराले जनाएको छ।

त्रियुगा नगरपालिका ११ लालपत्ता पात्लेबासबाट भुट्टारतर्फ जाँदै गरेको को १ च ६६४९ नं. को बोलेरो जीप दुर्घटनामा पर्दा त्रिनपा १४ की १४ वर्षीया निशा बानियाको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय मोहन बुर्जामगरले बताए। जन्ती सवार जीप मुर्कुचीदेखि ९ किलोमिटर माथि रौता ९ स्थित कोल्बोटेको गेरगेरे भीरमा चिप्लेर सडकबाट तल खसेको हो।

दुर्घट्नामा परी घाइते हुनेमा जन्तीहरु त्रिनपा ११ कै अश्विन कार्की, त्रिलोचन कार्की, उमा थापा, रामकुमार साह, मनोज कार्की, तिलक कार्की, राम कार्की, गणेश कार्की, अमर कार्की र चालक तेजु आलेमगर छन्। मृत्यु र घाइते हुनेहरु जीपभित्र सवार रहेको बुझिएको छ। २२ जना जन्ती सवार उक्त जीपमा २२ जना रहेकोमा हुट (छत) मा रहेका यात्रु भने हाम फालेर बाँच्न सफल भएको बुर्जाले बताए।

घाइतेहरुलाई उपचारका लागि गाइघाट ल्याइँदै छ। घाइतेको उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट निरीक्षकको नेतृत्वमा र अस्थायी प्रहरी चौकी सुकौराबाट पनि टोली घट्नास्थल पुगिसकेको स्थानीयले बताएका छन्। सामान्य चोटपटक मात्र लागेका बेहुलालाई भने आफन्तहरुले लिएर बेहुलीघरतर्फ लाने तयारी गरिरहेको प्रहरीले जनाएको छ।दुर्घटना परे पनि बिहे रोक्न नमिल्ने भएकाले जन्ती लाने तयारी भएको आफन्तले जनाएका छन्।स्रोत : नागरिक न्यूज

Posted by Butwalonline on 8:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जन्ती बोकेको जीप दुर्घटनामा पर्दा एक किशोरीको घट्नास्थलमै मृत्यु"

Leave a reply