|

बैंक हाताबाटै झोला काटेर एक लाख रुपैयाँ चोरी

चितवन,माघ ५ -  चितवनको हिमालयन बैंकमा रकम राख्ने क्रममा बैंक हाताबाटै झोला काटेर एक लाख रुपैयाँ चोरी भएको छ । भरतपुरका भुषणकुमार गुप्ता र गैंडाकोटका केशवप्रसाद मैनालीको साथमा रहेको ५०-५० हजार गरी एक लाख चोरी भएको प्रहरीले जनाएको छ ।

बैंकमा रकम जम्मा गर्न भौचर भर्दै गर्दा झोला नै काटेर पैसा चोरी भएको प्रहरीले बताएको छ । चोरी गर्ने तीन जनाको खोजी कार्य भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।चोरी गर्ने व्यक्तिको सिसी टिभीको आधारमा पहिचान भएको र उनीहरु तीन जनाको समूहमा रहेको देखिएको प्रहरीले जनाएको छ । रासस(स्रोत :ऑनलाइन खबर )

Posted by Butwalonline on 8:01 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बैंक हाताबाटै झोला काटेर एक लाख रुपैयाँ चोरी"

Leave a reply