|

बस त्रिशुली नदीमा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु

धादिङ, माघ ५- वीरगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पिडा-२ बाङ्गेमोड नजिकैबाट त्रिशुली नदीमा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।  ना ४ ख ६११७ नम्बरको बस आज विहान सवा चार त्रिसुलीमा खसेको हो। दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन्।

प्रत्यक्षदर्शी केशव रिमालका अनुसार घाइतेहरुलाई उद्दार गरिसकिएको छ। सडकबाट करिब २५ मिटर तल नदी किनारमा पल्टिएर सो दुर्घटना भएको हो । दुघृटनामा परि मृत्यु हुनेमा एक महिला र २ पुरुषको शव प्राप्त भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

बसले च्यापिएर अझै केही मानिसको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घाइतेहरुको उद्दार गरी गजसरी अस्पताल तथा काठमाण्डौका विभिन्न अस्पतालमा पठाइएको छ। केही भाग पानीमा डुबेपनि उद्धार कार्य प्रभावित नभएको दुर्घटना उद्धारमा खटिएका स्थानीयले बताए । उद्धार टोलीमा इलाका प्रहरी कार्यालय गजुरी, सशस्त्र प्रहरीबल आदमघाट, र नेपाली सेनाको सबुज गण गजुरीको टोली र स्थानीय राजमार्ग दुर्घटना उद्धार स्वयम्सेवक खटिएका छन् ।

दुर्घटनामा ७ भन्दा बढी घाइतेको अवस्था गम्भीर रहेको छ। दुर्घटना स्थल ट्राफिक प्रहरीको सूचिमा जोखिमयुक्त स्थलको रुपमा किटान गरिएको छ। यस अघि सो स्थानमा आधा दर्जनबढी दुर्घटना भएका थिए। स्रोत : नागरिक न्यूज

Posted by Butwalonline on 7:44 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस त्रिशुली नदीमा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु"

Leave a reply