अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु
मेलवर्न, अष्ट्रेलिया ,माघ ५ - क्यान्सर रोग लागेर उपचार गराइरहेका नेपाली विद्यार्थी प्रदिप तुलाधर सिकर्मीको विहीवार उपचारका क्रममा मेलवर्नमा निधन भएको छ । मेलवर्नको पिटर म्याक क्यान्सर अस्पतालमा तुलाधरको निधन भएको भिक्टोरीयाका लागि नेपाली महाबाणिज्यदूत चन्द्र योञ्जनले जानकारी दिए ।
नेपालमा झापा जिल्लाको दमकमा जन्मिएका तुलाधर केही वर्षदेखि श्रीमतिसँगै मेलवर्नमा बसेर अध्ययन गरिरहेका थिए । डेढ वर्षअघि क्यान्सर रोग लागेको पत्तालागेपछि तुलाधरको उपचार शुरु भएको थियो ।
नेपाली समुदायको असल मित्र तथा महत्वपूर्ण सदस्यलाई गुमाउनु परेकोमा मेलवर्नमा बसोवास गर्ने नेपाली समुदायले दुःख ब्यक्त गरेका छन् । यस दुःखद घडीमा मृतकको अत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति धैर्य धारणा गर्न शक्ति मिलोस भन्दै नेपाली महाबाणिज्यदुतको कार्यालय भिक्टोरीयाले श्रदाञ्जली ब्यक्त गरेको छ ।
तुलाधरको अन्तिम संस्कार मेलवर्नमा रहेको स्पि्रङभेल सिमेन्टोरीमा आउने सोमवार हुने भएको छ । यसका लागि करिव ७ हजार ५ सय देखि ९ हजार डलरसम्म खर्च हुने छ । तुलाधरको परिवारलाई आर्थिक सहयोग गर्न र दाहसंस्कारका लागि नेपाली महाबाणिज्यदूतको कार्यालयको निम्न बैक खातामा सहयोग रकम पठाउन अनुरोध गरिएको छ ।स्रोत :ऑनलाइन खबर