|

Presss Release


                                                                                              मिति : २०६९।०९।२०

                                                           प्रेश बिज्ञप्ती

बासद्धारा संचालित भ्रष्टाचार बिरुद्ध शुद्धिकरण अभियान अन्र्तगत आज जिल्ला बिकास समिति बाकेमा साकेतिक धर्ना दिईएकोछ । 

जिल्लामा सुशासन बाहालिका लागि जिल्ला बिकास समितिको अग्रणी भुमिका रहनु पर्ने भन्दै सो धर्ना दिईएको हो ।
हामी असल शासनका हिमायति हौं, हामी भ्रष्टाचार बिरोधी हौं, घुस लिन र दिन बन्द गरौं,   भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, कार्यालयमा काम लिन आएका सेवाग्राहीलाई सम्मानजनक व्यवहार गरौं, कार्यालय समयको ख्याल गरौं, भ्रष्टाचार गर्नु भएकोछ भने यहाालाई प्रबेश निषेध, सेवाग्राहीलाई बिभिन्न बहानामा नझुलाऔं, भ्रष्टाचार बिरुद्ध आजै देखि शुरु गरौं लगाएतका सन्देश उल्लेखित प्लेकार्ड झुण्ड्याई असल शासन हिमायितहरु एक घण्टा जिल्ला बिकास समितिको गेटमा १० बजे देखि ११ बजेसम्म धर्ना बसेका थिए ।

धर्ना पश्चात जिल्ला बिकास समिति बााकेका योजना अधिकृत दिपक ढकाललाई ११ बुादे ज्ञापन पत्र बुझाईएको छ । ढकाललाई बासका कार्यबाहक अध्यक्ष सुरेन्द्र शाहीले ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएको ज्ञापन पत्रमा स्थानीय निकाएमा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरिनु पर्ने, नियमित रुपमा जिबिसको सार्बजनिक सुनुवाई गरिनु पर्ने, बर्षमा एक पटक पनि गाबिसमा सार्वजनिक सुनुवाई नगर्ने गाबिसलाई कार्बाही गरिनु पर्ने, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरिनु पर्ने, सुचना सहज ढंगले उपलब्ध गराउने व्यवस्था मिलाईनु पर्ने,  बिना झण्झट आबश्यक  सेवा सर्बसाधारणलाई उपलब्ध गराइनुपर्ने, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरिनु पर्ने, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरश: पालना गरिनुपर्ने,  हरेक गाबिसमामा नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गरिनु पर्ने, जिबिसमा गुनासो सुनुवाई संयन्त्र निर्माण गरिनु पर्ने, जिल्लामा हुने भ्रष्टाचार नियन्त्रणका लागि अनुगमन तत्काल थालिनुपर्ने रहेका छन् ।

कार्यक्रममा बोल्दै जिबिस बााकेका योजना अधिकृत दिपक ढकालले बासद्धारा संचालित शुद्धिकरण अभियान सचेत नागरिकहरुको अभियान भएको बताए । उनले सुशासन स्थापनार्थ जिबिस प्रतिबद्ध रहेको समेत बताए । बास निर्देशक नमस्कार शाहले कार्यक्रम संचालन गरेका थिए ।      
                                                                                                                                       नमस्कार शाह
                                                                                                                                       निर्देशक, बास

Posted by Butwalonline on 10:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "Presss Release"

Leave a reply