अपाङ्गता भएका व्यक्ति बोझ होईनन् योगदान कर्ता हुन
हेमराज भट्ट,नेपालगन्ज-अपाङ्गताको सवाललाई बिकास साग दाज्नु पर्ने अपाङ्ग महासंघका पूर्व केन्द्रिय अध्यक्ष बिरेन्द्र राज पाख्रेलले बताएका छन् ।स्वतन्त्र पत्रकार समाज बाके तथा डेक नेपालको संयुक्त आयोजनामा आज नेपालगन्जमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा यस्तो धारणा राखेका हुन । उनले अपाङ्गता भएको व्यक्तिलाई समाजको बोझ भन्ने गरिएकोमा अब अपाङ्गता भएका व्यक्तिहरु लाई समाजका योगदान कर्ताको रुपमा स्विकार गर्नु पर्ने बताए ।
उनले अपाङ्गता भएका व्यक्तिहरुको कार्यगत बिचलन, विद्यमान अवरोधका कारण समस्या सृजिएको बताए ।अपाङ्गता भएका व्यक्तिहरुलाई फरक क्षमताका व्यक्ति भन्ने गरिएको भन्दै पोख्रेलले सो प्रति असहमति जनाए । उनले भने अपाङ्गता भएका व्यक्तिहरुको व्यक्तिगत पहिचान का लागि अपाागता भएका व्यक्ति भन्नु पर्छ । उनले अपाङ्गता शब्द आफैमा नराम्रो नभएकाले शब्दको गलत प्रयोग गरिन नहुने बताए ।पत्रकार भेटघाट कार्यक्रमको संचालन स्वतन्त्र पत्रकार समाज बााकेका अध्यक्ष नमस्कार शाहले गरेका थिए भने छलफलको समापन डेक नेपालका निर्देशक देबि दत्त आचार्यले गरेका थिए ।
