Press Release
मिति: 24 जनवरी 2013
प्रेस बिज्ञप्ति
नेपाली समाज युएईको स्थापना 23 वर्ष पुगेको छ। यस अबधिमा समाजले धेरै राम्रा तथा उल्लेख्य कार्यहरु गर्दै आएको इतिहास छुपेको छैन तर समय समयमा समाजले विभिन्न उतार चढावको सामना गर्दै आएको छ। बिगत 2011 मा निर्वाचित भएको कार्यकारिणी समिति 2012 डिसेम्बर सम्ममा 2 बर्से कार्यकाल पुरा गरिसकेको छ । यो अबधि भर कार्य-समितिले गरेका सबै कामकाजहरु सम्पूर्ण पार्साद सदस्य तथा विभिन्न संघ संस्था र सम्पूर्ण युएईबासी नेपालीलाइ अबगत गराउन पर्ने हुन्छ। जसका लागी नेपाली समाजको उच्च निकाय परिसद भएकोले समाजमा भए गरेका सबै कुराको लेखाजोखा, मुल्यांकन, प्रसंशा तथा दण्डित गर्ने अधिकार उक्त परिसद लाइ रहेकोले र समाजले गरेका सबै गतिबिधिहरु जान्न पाउने अधिकार सम्पुर्ण सल्लाहकार, संघ संस्था तथा पार्सद सदस्यहरुलाई भएको जानकारी गराउदछु।
गत 18 जनवरी 2013 मा नेपाली समाज युएइका निर्वाचित पदाधिकारी हरुको आयोजनामा भएको भेलामा ब्यापक छलफल गरि समाजमा भएका सबै गतिविधिहरुको टुंगो लगाउने निकाय परिसद भेला भएकोले करिब 59 जनाको उपस्थिती र 40 प्रतिसत भन्दा बढी परिसद सदस्यहरु, सस्थापक, सल्लाहाकार, आजीवन सदस्य तथा संघ संस्थाका प्रतिनिधिनी सहितको हस्ताक्षरित मागपत्र बमोजिम नेपाली समाजको विधानको धारा 52 को "क" अनुसार परिसद भेला आयोजना गर्नुपर्ने आवस्यकता ठहर गरि आगामी 1 फेब्रुअरी 2013 का दिन बरदुबई स्थित एभरेस्ट इन्टरनेशनल होटेलमा दिउसो 2 बजे देखि नेपाली समाज युएईको परिसद भेला हुने भएकोले सबै पार्सद सदस्यहरुलाई उपस्थितिका लागि बिनम्र अनुरोध गर्दछु।
मिति : 1 फेब्रुअरी 2013 तुलसी तामाङ्ग
समय : दिउसो 2 बजे पार्सद अध्यक्ष
स्थान: एभरेस्ट इण्टर्नेसनल होटेल नेपाली समाज, युएइ
