प्रेस समाचार
प्रेस समाचार
फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सुचनाको अधिकार व्यक्तिको आधारभुत अधिकार भएको बताएका छन् । उनले सुचना माग्ने प्रकृया सरल र निशुल्क हुनुपर्ने भन्दै सुचना माग कर्तालाई सहयोग गर्नु सुचना अधिकारीको कर्तव्य भएको बताएका छन् ।
बासले आज नेपालगन्जमा गरेको सुचनाको हक बिषयक एकदिवसिय अभिमुखिकरण कार्यक्रममा बोल्दै दाहालले सो कुरा बताएका हुन । उनले सबै सरकारी निकायमा अहिले सम्म पनि सुचना अधिकारी तोक्ने काम नभएको र भएपनि अधिकार तथा कर्तव्यको बारेमा जानकार नभएकाले सुचना दिने तथा माग्ने कार्यमा असजिलो भईरहेको बताएका छन् । कार्यक्रममा सहभागी कार्यालय प्रमुख तथा सुचना अधिकारी तथा अन्य क्षेत्रका व्यक्तिहरुलाई उनले आफु साग भएको यथार्थ सुचना नागरिकलाई उपलब्ध गराउन समेत सबैलाई अनुरोध गरेका थिए । उनले सुचना भन्ने कुरा सुन भनदा पनि महत्वपूर्ण भएको बताउदै सुचना माग भएपछि तत्काल उपलब्ध गराउनु पर्ने र गराउन नसके स्पष्ट कारण दिनु पर्ने बताए । यदि सुचना दिन सकिदैन भने सकारात्मक व्यवहार देखाएर सुचना वा उत्तर कर्मचारीहरुले दिनुपर्छ– दाहालको भनाई थियो ।
राष्ट्रिय सुचना आयोगका उपसचिब कुमार दाहालले प्रत्येक सरकारी कार्यालयले सुचना अधिकारी तोक्नु पर्ने र नागरिकले सुचना माग गरेमा प्रकृया अनुसार उपलब्ध गराउनु पर्ने बताए । कुन कार्यालयले कसरी सुचना सम्प्रेसण गरिरहेको छ त्यसको अनुसन्धान, फैसला, दण्डसजाय गर्ने अधिकार सुचना आयोगलाई भएको बताउनु भयो । बााकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेलले शुसासनमा बासको भुमिका अपरिहार्य रहेको बताउदै सरकारी निकायले दिनु पर्ने सुचना दिदनै पर्ने बताए । उनले उपस्थित सम्पूर्ण कार्यालय प्रमुख तथा सुचना अधिकारीहरुलाई सुचनाको हक कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय बााकेका प्रमुख बिक्रम सिह थापाले जिल्ला प्रहरी कार्यालयको सुचना सहज रुपमा नागरिक सम्म पुर्याउन केन्द्र देखि जिल्ला तहसम्म प्रबक्त तोक्ने काम भएको बताए । उनले जिल्ला प्रहरी कार्यालय बााके सुशासन कायम गर्न प्रतिबद्ध रहेको समेत बताए ।
नेपालमा सुचनाको अवस्था, फ्रिडम फोरमले गरिरहेका कामहरु, राष्टिय सुचना आयोगका कामहरु, सुचनाको हक, सुचना अधिकारीको काम कर्तव्य लगायतका बिषयमा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल र राष्ट्रिय सुचना आयोगका उपसचिब कुमार दाहालले अभिमुखिकरण गरेका थिए । अभिमुखिकरण पश्चात सहभागीहरुले सुचनाको बारेमा तथा सुचना माग्दा झेल्नु परेका समस्याको समाधानका लागि प्रश्नहरु गरेका थिए । सहभागीहरुको जिज्ञासा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल र राष्ट्रिय सुचना आयोगका उपसचिब कुमार दाहालले मेटाएका थिए ।
विभिन्न सरकारी कार्यालय तथा संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, अधिबक्ता पत्रकार तथा नागरिक गरि ६० बढिको उपस्थिती रहेको सो अभिमुखिकरणमा स्वागत तथा उद्धेश्यमाथि प्रकास बास अध्यक्ष राजु लामिछानेले गरेका थिए भने कार्यक्रमको संचालन बास निर्देशक नमस्कार शाहले गरेका थिए ।
हेमराज भट्ट
प्रबक्ता, बास
मिति : २०६९ माघ ८ गते
