पाल्पाको कर्फ्यु हटेपछि अवस्था सामान्य
पाल्पा, पुस ८ - पाल्पाको रामपुरमा आइतवारदेखि भएको तनाव साम्य भएको छ । सोनु श्रेष्ठको मृत्युको विषयमा भएको तनाव ६ वुँदे सहमतिपछि साम्य भएको हो ।
सहमतिपछि सोनुको शव बुझेर दाहसस्कार गरिएको छ । सहमति बमोजिम सोमवार बेलुकी ६ बजेदेखि कर्फ्यु हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज वरालले जानकारी दिनुभयो ।
सहमति अनुसार प्रहरीले सोनुका श्रीमान ओम श्रेष्ठ र उनकी जेठी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
मृत अवस्थामा भेटिएकी सोनुको उहाँकै श्रीमानले हत्या गरेको भन्दै आफन्तले विरोध चर्काएपछि आइतवारदेखि कर्फयु लगाइएको थियो । सहमतिमा सोनुको मृत्युको अनुसन्धान अघि बढाउने, घाइते तारावहादुर श्रेष्ठ र शिवा आचार्यको उपचारका लागि मन्त्रालयमा सिफारिस गर्नेलगायतका सहमति भएको हो ।
सोनुको मृत्यु र इलाका प्रहरी कार्यालय रामपुरमा भएको तोडफोडबारे थप अनुसन्धानका लागि प्रहरी उपरिक्षक मनोज न्यौपानेको नेतृत्वमा समिति बनाउने र ५ दिनभित्र घटनाबारे थप अनुसन्धान गरि माइती पक्षलाई जानकारी गराउने सहमति पनि भएको पाल्पाका डिएसपी स्थानेश्वर रेग्मीले जानकारी दिनुभयो ।स्रोत : उज्यालो नेटवर्क