१२ बर्षीया बालिकाको समूहिक बलात्कार
कैलाली, ८ माघ । कैलाली जिल्लामा एक बालिकाको समूहिक बलात्कार भएको छ । १२ बर्षीया सुनिता चौधरी (नाम परिवर्तन) लाई तीन जनाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सुनितालाई बलात्कार गरेको अभियोगमा हसुलिया–६ का कमल चौधरी, प्रेम चौधरी र सागर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुले सुनितालाई नमूना सामुदायिक बनमा लगेर पालैपालो बलात्कार गरेका थिए ।पीडित सुनिताको सेती अन्चल अस्पताल धनगढी मेडिकल जाँच गराएर आफन्तको जिम्मा लगाईएको छ ।स्रोत : सौर्य दैनिक