१८ वर्ष उमेर पुगेका गोरखा सैनिकका सन्तानले बेलायतको आवासीय भिसा पाउने
काठमाडौं, माघ ८ - १८ वर्ष उमेर पुगेका गोरखा सैनिकका सबै सन्तानले बेलायतको आवासीय भिसा पाउने भएका छन्। यस्तो भिसा नदिने निर्णयविरुद्ध परेको रिटमा विजय पाएको गेसोले जनाएको छ। यसअघि १८ वर्षमुनिकालाई मात्र आवासीय भिसा दिने गरिन्थ्यो। 'हो एण्ड को सोलीसिटर्स ल फर्म'ले हालेको मुद्दामा गोरखाहरुले ऐतिहासिक विजय हासिल भएको छ,' सोमबार गेसोद्वारा जारी प्रेस विज्ञप्ती भनिएको छ,' 'बेलायती समय अनुसार दस तीस बजे लण्डन स्थित ‘कोर्ट अफ अपिल द मास्टर अफ द रोल्स'ले गेसोको पक्षमा ऐतिहासिक फैसला गदै १८ बर्षभन्दा माथिकालाई पनि आवासीय भिषा दिन आदेश दिएको हो।'
‘कोर्ट अफ अपिल, द मास्टर अफ द रोल्स'का वरिष्ठ न्यायधिस लर्ड जस्टीस डाईसनको एकल इजलासले गेसो र गोरखाहरुको पक्षमा फैसला गरेको हो।
ब्रिटिस शासकविरुद्ध लड्दै आएका गोरखा सैनिकले यसअघि नै ब्रिटिस सेना सोसरह समान पेन्सन, समान सुविधालगायतका धेरै न्यायिक मुद्दाहरुमा विजय हासिल गरिसकेको छ।स्रोत : नागरिक न्यूज