|

सावधान नचिनेको मान्छेलाई फेसबुकमा साथि बनाउदा फन्दामा पर्नुहोला

धनकुटा, माघ ८ - फेसबुक लोकप्रिय सामाजिक सञ्जाल हो । यसको प्रयोग नगर्ने ईन्टरनेट प्रयोगकर्ता कमै होलान । तर फेसबुकमै चिनजान भएको अपरिचित ब्यक्तिले अप्ठयारोमा पारेको घट्ना धेरै छन् । यस्तै घट्ना धनकुटामा पनि भएको छ ।

चार बर्ष अगाडी बैदेशिक रोजगारमा कतार गएका मौनाबुधुक गाउँ विकास समिति वडा नं. ८  धनकुटाका हेमकर्ण कोइराला अहिले फेसबुककै कारण सामाजिक फन्दामा पर्नुभएको छ ।

चार महिनाअघि फेसबुकमा भेटिएकी २२ बर्षिया सविता अधिकारीले कोइरालाको श्रीमती भएको दावी गर्दै घरमा आएर बसेपछि उहाँ फन्दामा पर्नुभएको हो । काठमाडौंमा टेम्पो चलाक भएको बताउने अधिकारीले फेसबुकबाटै कोइरालासंग लभ परेको र उहाँले श्रीमती बनाउछु भनेर आश्वासन दिएको बताउनुभयो । पछिल्लो समयमा कोइराला बेपत्ता भएकाले घर सोध्दै आएको उहाँले बताउनुभयो । महिलाको भावनामा खेलबाँड गरेको  र श्रीमती नस्वीकारेसम्म घर नफर्कने उहाँले अडान लिनुभएको छ ।

अधिकारीले धनकुटामा प्रहरी र महिला अधिकारकर्मीहरुलाई यो कथा सुनाई रहँदा ३ दिन अगाडी मात्रै घर आएका हेमकर्ण कोइरालाले भने सवितासंग फेसबुकमा लभ पनि नपरेको र विहे गर्छु समेत नभनेको दावी गर्नुभयो । ‘कतारमा हुँदा नै परिवारबाट सविता आएर घरमा बसेको खबर आएपछि हतारहतार घर आएँ ।’ कोइरालाले भन्नुभयो ‘मैले उनलाई विहे गर्ने कुरा त परै जाओस, भेटेर चिनेको समेत छैन । अनि कसरी श्रीमती बनाउनु ?’

फेसबुकमा अधिकारीले नै साथीको लागि अनुरोध गरेको र च्याटमा पारिवारिक र सामान्य कुराकानी मात्रै भएको र कुनै सम्बन्ध नभएको कोइरालाले दावी गर्नुभयो ।

कोइरालाले श्रीमतीको रुपमा स्वीकार नगरेपछि अधिकारीले जिल्ला सदरमुकाममा आएर महिला अधिकारकर्मीहरुलाई गुहार्नुभएको छ । यो विषयमा महिला मानव अधिकार सञ्जल धनकुटाले कोइराला र उहाँको परिवारलाई बोलाएर सोमबार छलफल समेत गरेको छ ।

तर दुवै तर्फको अडान कायम रहेकाले सहमति हुन नसकेको हेम कर्णका दाजु टिका कोइरालाले बताउनुभयो । महिला अधिकारकर्मीहरुले समेत महिलाको पक्षमा मात्रै वकालत गरेर झुकाउन खोजेको गुनासो उहाँले गर्नुभयो ।

अधिकारीलाई महिला मानव अधिकार सञ्जलका कार्यकर्ताहरुको संरक्षणमा राखिएको छ ।श्रोत : उज्यालो नेटवर्क

Posted by Butwalonline on 7:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सावधान नचिनेको मान्छेलाई फेसबुकमा साथि बनाउदा फन्दामा पर्नुहोला "

Leave a reply