|

बसको ठक्करबाट एक बालिकाको मृत्यु

चितवन, जेठ १६- मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ७३७६ नम्बरको बसको ठक्करबाट आज चितवनको चण्डिभञ्ज्याङ-६ कालीखोला भन्ने स्थानमा एक बालिकाको मृत्यु भएको छ।बसको ठक्करबाट ६ वर्षीया स्थानीय सम्झना चेपाङको ज्यान गएको चितवन प्रहरीले जनाएको छ।बसले ठक्करबाट गम्भीर घाइते भई उपचारार्थ भरतपुर मेडिकल कलेज ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो।

यसैबीच, रत्ननगर-१ वकुलहरमा पूर्वतर्फ जाँदै गरेको लु१ख ५५५९ नं को बस र विपरीत दिशाबाट आइरहेको ना४ख १२३२ नं को ट्रक एकआपसमा ठक्कर खाँदा बसमा यात्रारत १८ जना घाइते भएका छन्।उनीहरुको अहिले भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस 
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 5:23 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसको ठक्करबाट एक बालिकाको मृत्यु"

Leave a reply