|

बस दुर्घटना हुँदा १० यात्रु घाइते दुई यात्रुको अवस्था गम्भीर

सिन्धुपाल्चोक, जेठ १६- अरनिको राजमार्गको मांखा–१ स्थित ड्यामसाइट् भन्ने ठाउँमा मङ्गलबार बिहान १० बजेतिर बस दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  


राजधानीबाट बाह्रविसे आउँदै गरेको ना ४ ख  ४८९ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनकुमार राजभण्डारीले बताए। घाइतेहरुको बाह्रविसेको प्राथमिक स्वास्थ्य केन्द्र र खाडीचौरस्थित सदाबहार सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइते प्रकाश माझी र निर्मला मोक्तानको अवस्था गम्भीर रहेको राजभण्डारीले जानकारी दिए।

तीव्र गतिको बस चालकले नियन्त्रण गुमाउँदा अनियन्त्रित भई पल्टिएको थियो। सुरक्षाकर्मी र स्थानीयले घाइतेलाई अस्पताल पुर्‍याएका थिए। 
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 4:29 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस दुर्घटना हुँदा १० यात्रु घाइते दुई यात्रुको अवस्था गम्भीर"

Leave a reply