‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
निनु चापागाई‘सुन्दरी प्रतियोगिता’को विरोध गर्नु कुनै पनि किसिमको सौन्दर्यको विरोध गर्नु होइन । तर कतिपय मानिसले भने सौन्दर्यकै विरोध गरेको हो भनेर उल्टै विरोध गरेको पाइन्छ । नेपालका नारी लगायत सबै मानिसहरू सुन्दर बन्न सकून् हामी सबैको आन्तरिक चाहना यस्तै रहेको हुन्छ । तर कथित सुन्दरी प्रतियोगिताका पक्षपातीहरूले देखाउने गरेजस्तो मानिस सुन्दर हुनका निम्ति बाहिरी आकृति र रूप सुन्दर हुनु मात्र पर्याप्त हु“दैन । मान्छे सुन्दर हुनका लागि आन्तरिक सौन्दर्य अनिवार्य हुन्छ । किनभने मानिस कुनै व्यवहारोपयोगी सामान र प्राकृतिक वस्तु होइन । ऊ सामाजिक प्राणी हो । बाहिरी रूप र आन्तरिक सौन्दर्यको समन्वयले मात्र कुनै पनि मानिस सुन्दर मानिने हो । आन्तरिक सौन्दर्यको प्राथमिक महŒव किन हुन्छ भने खराब विचार राख्ने र त्यस्तो काम गर्ने मानिस झट्ट हेर्दा जतिसुकै राम्रो देखिए पनि समाजले त्यस्तो मानिसलाई सुन्दर मान्न सक्तैैन । असल विचार, नैतिक निष्ठा, सद्गुण र सकारात्मक सामाजिक भूमिकाका आधारमा मात्र कुनै पनि मानिसलाई सुन्दर मान्न सकिन्छ । आन्तरिक सौन्दर्यको प्रस्फुटनका निम्ति व्यक्तिको चौतर्फी र सामञ्जस्यतापूर्ण विकास हुनु अनिवार्य हुन्छ । मानिसमा भएका सम्पूर्ण सृजनात्मक क्षमताले प्रस्फुटित हुने मौका पाएको खण्डमा मात्र आन्तरिक सौन्दर्यले पूर्णता प्राप्त गर्न सक्तछ ।मानिसमा भएका सृजनात्मक क्षमताको विकास राम्ररी हुने अवस्था त्यतिखेर मात्र आउन सक्तछ जतिखेर समाजमा आर्थिक, राजनीतिक एवम् सांस्कृतिक स्वतन्त्रताको वातावरण हुन्छ । शोषणबाट मुक्त श्रम भएको खण्डमा मात्र मानिसमा भएका सृजनात्मक क्षमता र प्रतिभाहरूले प्रकट हुने मौका पाउन सक्तछन् । बाध्यता र सांसारिक आवश्यताबाट निर्धारित श्रमको अस्तित्व रहुन्जेल अर्थात् बिहान बेलुकीको हातमुख कसरी जोर्ने र परिवारको भरणपोषण कसरी गर्ने होला भनेर चौबीसै घन्टा चिन्ता लिनुुपर्ने अवस्था रहुन्जेलसम्म मानिसले आफूमा रहेका सृजनात्मक क्षमता र प्रतिभालाई बाहिर ल्याउन र तिनलाई उजिल्याउन एकदमै गाहारो हुन्छ । कथित सुन्दरी प्रतियोगिताको मुख्य उद्देश्य नै बाध्यता र सांसारिक आवश्यकताबाट निर्धारित श्रमलाई स्थायित्व दिने र त्यसलाई सुदृढ बनाउने आर्थिक–राजनीतिक स्वार्थलाई संरक्षण गर्नु रहेको छ । शोषणमा आधारित सामाजिक आर्थिक व्यवस्थालाई दरिलो बनाउने नियतका कारण कथित सुन्दरी प्रतियोगिताले सामूहिक रूपबाट मानिसहरूलाई आन्तरिक सौन्दर्यको प्रस्फुटनको दिशामा जान नदिन नियोजित रूपले भूमिका खेल्ने गरिरहेको छ । त्यसैले यो यथास्थितिलाई कायम राख्ने शासक वर्गको स्वार्थबाट प्रेरित मनमोहक बनाउन खोजिएको एउटा नौटङ्की मात्र हो । वास्तवमा सुन्दरी प्रतियोगिताको नाममा सौन्दर्य विरोधी गतिविधि हो यो । कथित सुन्दरी प्रतियोगिताको विरोध हुनुको आधारभूत कारण यही नै हो ।
यस अतिरिक्त यसको विरोध किन भैरहेको छ भने यसले प्रकृति प्रदत्त मानिसको बाहिरी बनोट र रूपको प्रतिस्पर्धा गराउ“छ । जन्मजात पाइएको यस्तो बाहिरी रूप प्रतिस्पर्धाको विषय नै हुन सक्तैन । सुन्दरी प्रतियोगितामा बौद्धिकता एवम् प्रतिभाको पनि प्रतिस्पर्धा हुन्छ र त्यसैका आधारमा सुन्दरी चयन गरिन्छ भन्ने जे जति चर्चा गर्ने गरिएको छ त्यो औपचारिक र देखाउने चालबाजी बाहेक अरू केही होइन । ‘विश्वसुन्दरी प्रतियोगिता’को इतिहासका बारेमा अलिकति मात्रै ध्यान दिनासाथ के बुझ्न कठिन हु“दैन भने नारी मुक्तिवादीहरू तथा स्वतन्त्रता एवम् समानता प्रेमीहरूको विरोधलाई सामना गर्न नसकेपछि यसका आलोचकहरूको मुख टाल्न हाजिरी जवाफको कार्यक्रम बौद्धिकताका रूपमा आयोजकहरूले समावेश गरेको टालटुले उपाय मात्र थियो । यो बौद्धिकताको परीक्षण नभएर बौद्धिकताको उपहास मात्र हो । यस तर्कलाई अहिले यसका पक्षपातीहरूले समेत स्वीकार गरिरहेका छन् । बौद्धिकताभन्दा नाफाको नाटकीय खेल यसमा बढी हुन्छ भन्ने तथ्य नेपालकै सुन्दरीहरूले गलत उत्तर दि“दादिंदै पनि विजयी बन्नु र भारतीय युवती प्रियङ्का चोपडाले सबैजसो प्रश्नको जवाफ गलत दि“दा समेत ‘विश्वसुन्दरी’ हुनुले प्रमाणित गरिसकेकै छ । दुई तीन मिनेटमा कुनै व्यक्तिको बौद्धिकताको परीक्षण हुन सक्छ भन्ने ठान्नु मूर्खता बाहेक अरू केही होइन । तत्काल हाजिर जवाफ दिन सक्ने मानिस बौद्धिक नै हुन्छ भन्ने केही छैन ।
यसको विरोध हुनुको अर्काे महŒवपूर्ण कारण चाहि“ आर्थिक स्वार्थ र नाफाका लागि मञ्चन गरिएको नाटकलाई अर्थात् मोडेल उत्पादन प्रक्रियालाई सुन्दरी प्रतियोगिता भनेर छलछाम गर्नू हो । ‘सुन्दरी प्रतियोगिता’को वास्तविक र एक मात्र उद्देश्य व्यापारीका उपभोग्य सामानका लागि विज्ञापनमा राखिने मोडेलको चयन गर्नु मात्र हो । यसमा सौन्दर्यको खोजी गर्ने मानसिकता कत्ति पनि देखिदैन । तर सुन्दरी प्रतियोगिताका आयोजकहरू भने नारीहरूलाई अवसर दिनका लागि नै सुन्दरी प्रतियोगिता गरिएको भन्ने हास्यास्पद कुतर्क सार्वजनिक रूपमै निर्लज्जताका साथ प्रस्तुत गर्ने धृष्टता गरिरहेका छन् ।
यसको विरोध हुनुको अर्काे महŒवपूर्ण कारण के हो भने यसले मिहिन र परिष्कृत किसिमले नारीहरूलाई बेचबिखन गर्ने परिपाटीलाई दरिलो बनाउ“छ र त्यस्तो परिपाटीलाई वैधता प्रदान गर्दछ । अर्काे शब्दमा यस प्रतियोगिताले नारीलाई उपभोगको साधन वा वस्तुमा रूपान्तरण गर्दछ । यो नारीहरूमाथि पुरुषको प्रभुत्व स्थापित गर्ने अर्काे एउटा नया“ चाल हो । नारी स्वतन्त्रता एवम् समानताको पक्षमा युगौंदेखि सङ्घर्ष गरिरहेका नारीहरूले धेरै अघिदेखि यसको विरोध गर्दै आइरहेका छन् । सुन्दरी प्रतियोगिता नारी स्वतन्त्रता र समानताको यस किसिमको आन्दोलनको लक्ष्यका विरुद्ध नै अघि सारिएको छ र एउटी कथित सुन्दरी हुनासाथ यस्तो स्वतन्त्रता र समानता पाउन सकिन्छ, थुप्रै अवसरहरू नारीले पाउन सक्छन् भन्ने खालको एकदमै व्यक्तिवादी सोचलाई बढावा दिने काम यसले गरिरहेको छ । यस्तो प्रतियोगिताले यौन र आर्थिक सम्बन्धलाई छ्यासमिस र विकृत पार्ने काम गरेकाले पनि यसको विरोध हु“दै आएको हो । प्रतियोगितामा विजय गराइएकी कामोत्तेजक मानिने युवतीको देह विज्ञापनमा समावेश गरिन्छ र यस्तो विज्ञापनमा प्रचारमा ल्याइएको मालसामान किन्न मानिसहरूलाई लालायित बनाइन्छ । पुरुष हैकमवादको मनोविज्ञानलाई यहा“ कार्यरूप दिने चाल स्वतः देख्न सकिन्छ । प्रतियोगितामा विजयी उमेदवारको देहलाई विज्ञापनमा उपयोग गर्दै बढीभन्दा बढी विलासिताका सामान मानिसहरूले बटुलून् वा किनून् भनेर विलासी वस्तुलाई यौनाकर्षणस“ग जोड्ने प्रयत्न प्रायोजकहरूले गर्दै आएका छन् ।
प्रतियोगिताको नाटक मञ्चनद्वारा एकाध जनालाई कथित सुन्दरीका रूपमा प्रचार–प्रसार गरेर आम नारीहरूमा आफू त्यत्तिकै सुन्दर नभएको हीनभावना प्रायोजक–आयोजकहरूले उमार्दछन् र नारीको यस हीन भावनालाई शोषण गरेर विभिन्न किसिमका सौन्दर्य प्रसाधन र फेसनमा लिप्त हुन नारीहरूलाई बाध्य पार्दछन् । नारीहरूको सौन्दर्य प्रसाधन लगाउने कि नलगाउने भन्ने र प्रचलित फेसनबाट मुक्त रहने निजी अधिकारमाथि यस्ता मनमोहक विज्ञापन र सुन्दरी प्रतियोगिताले प्रत्यक्ष हस्तक्षेप गर्दछन् । स्वेच्छाले सौन्दर्य सहायकका रूपमा सौन्दर्य प्रसाधन र फेसन गर्न पाउने अधिकारमाथि हस्तक्षेप गर्ने यस्तो प्रवृत्तिको तीव्र विरोध ्अमेरिकी समाजशास्त्री र अमेरिकाको १९७२ को राष्ट्रपति पदको एक उमेदवार एभ्लिन रीडले गरेकी छन् । उनका शब्दमा ‘का“चो मासुका नाफाखोरहरू’ ले बजारमा पठाएका सौन्दर्य प्रसाधन, फेसन एवम् शारीरिक सुगठनका सामानहरू किन्नैपर्ने सामाजिक बाध्यता निर्माण गरिन्छ र नारीहरूलाई अनन्त शोषणको माखेसाङ्लोमा पारिन्छ । आफूखुसी सौन्दर्य सहायकका रूपमा इच्छानुसार नारीले फेसन वा सौन्दर्यप्रसाधनको उपयोग गर्नु र सुन्दरी देखिनका लागि बजारमा नाफाखोरले फैलाएका सामानहरू किन्नैपर्ने सामाजिक बाध्यतामा परेर सौन्दर्य प्रसाधन र फेसनलाई अपनाउनु एउटै कुरो होइन । ‘सुन्दरी प्रतियोगिता’को विरोधको हुनुको एउटा प्रमुख कारण यो पनि रहेको छ ।
नेपालमा हुने सुन्दरी प्रतियोगिता विश्वसुन्दरी प्रतियोगितास“ग गा“सिएको छ । विश्वसुन्दरी वा व्रह्माण्डसुन्दरी प्रतियोगिताको प्रमुख उद्देश्यमध्ये एक संसारभर सौन्दर्यसम्बन्धी विकृत र भ्रामक विचार फैलाउनु पनि हो । बाहिरी सौन्दर्यलाई अतिशय महŒव दिएर भित्री सौन्दर्यलाई उपेक्षा गर्नु, बाहिरी सजधज नै सबै थोक हो भन्ने मानसिकता विकसित गर्नु, अनुभवहीन, शारीरिक श्रम नगरेकी, कुमारी युवती मात्र सुन्दरी हुन्छे भन्ने भ्रम सृजना गर्नु, पश्चिमी सौन्दर्यको मापदण्डलाई संसारका सबै देशका नागरिकहरू र विशेषतः नारीहरूमा थोपर्ने काम गर्नु यसभित्र पर्र्दछन् ।
‘विश्वसुन्दरी प्रतियोगिता’का संस्थापक एरिक मोर्लेले के स्वीकार गरेका छन् भने ‘सुन्दरी प्रतियोगिता’को मानदण्ड हडिउडले गर्दछ । उनको भनाइमा अफ्रिकी देशका परीक्षकहरूले समेत अमेरिकी मान्यता अनुरूप निर्णय दिने गर्दछन् । विश्वसुन्दरी मानिएकी भारतीय अभिनेतृ ऐश्वर्या रायाले पनि आफू प्रतियोगितामा विजयी भएकै पश्चिमी रूपरड्ड भएर हो भन्ने घोषणा गरेकी थिइन् । सौन्दर्यलाई सबै देश र ठाउ“मा निरपेक्ष रूपले एक समान मानिंदैन । यसलाई फरक फरक ढड्डले र तरिकाले लिने गरिन्छ । तर साम्राज्यवादीहरूले संसारभर सौन्दर्य एउटै र उस्तै हुन्छ भनेर आफ्नो खालको सौन्दर्यको मानदण्ड सबैतिर थोपर्न खोजिरहेका छन् । त्यही स्वार्थलाई नेपालमा हुने सुन्दरी प्रतियोगिताले पनि संरक्षण गरिरहेको छ ।
सौन्दर्यको मूल विशेषता भनेको विविधता हो । संसार वा मानव जीवन किन सुन्दर छ भने यहा“ एकरूपता नभएर विविधता छ । सौन्दर्यको यस विविधतालाई सुन्दरी प्रतियोगिताले पश्चिमको एउटा वर्ग विशेषको सौन्दर्य सम्बन्धी दृष्टिकोणलाई निरपेक्ष रूपमा संसारभरि थोपरेर नष्ट गर्दछ र एकनासे समरूपता फैलाउ“छ । एभ्लिन रीडका शब्दमा सुन्दरी हुनेहरू पीठाको डल्लामा घोलिएका चिनीका सेता डल्लामात्र हुन् । चाहे मिस भेनेज्वेला होस् वा मिस तान्जानिया सबै एकसमान देखिन्छन्, तिनमा कुनै विविधता पाइ“दैन । वास्तवमा सौन्दर्य सम्बन्धी सवालमा मात्र होइन अरू थुप्रै कुरामा समेत एकनासेपनको विस्तार गर्नु अर्थात् एउटै रुचि, एउटै खानपान, एउटै भेषभूषा, एउटै सोच आदि निर्माण गर्नु उपभोक्तावादी संस्कृतिको विशेषता मानिन्छ । नेपालमा हुने यस प्रतियोगिताले पनि गर्न खोजेको चाहि“ त्यही नै हो ।
यी सबै कारणले गर्दा सुन्दरी प्रतियोगितालाई सांस्कृतिक साम्राज्यवादको उपकरण मानिन्छ । यसले उपभोक्तावादी संस्कृतिलाई विश्वभर फैलाउने काम गर्दछ । यौन, यौन छाडापन, कामुकता, हिंसा, समाजका समस्याबाट विमुखता, पैसा र वस्तुहरू थुपारेर जीवन सपार्ने एक मात्र आकाङ्क्षा, आत्मकेन्द्रितता, क्यारियरलाई नै सबै थोक मान्ने खालका विचार र संस्कृतिको निर्माण उपभोक्तावादी संस्कृतिको विशेषता हो । सुन्दरी प्रतियोगिताले पनि यी कुराहरूको निर्माणमा सहयोग पु¥याउ“छ । सारमा यसले जीवनका हरेक पक्ष, मानिस, उसको शरीर र मानवता समेतलाई उपभोग्य वस्तु मात्र मान्दछ र मानिसलाई कुरूपतातिर धकेल्ने काम गर्दछ । हामीले व्यवहारमै देखिरहेका छौं– यसले सतही अनुहार र बिक्री योग्यताका आधारमा मानव जीवनको मूल्य खोज्न प्रेरित गर्ने काम गरिरहेको छ ।
‘सुन्दरी प्रतियोगिता’को यस्तो भयावह रूपलाई नबुझेर केही मानिसहरू यसको सुधारको कुरो गरिरहेका छन् । सुन्दरी प्रतियोगिताको न उद्देश्य राम्रो छ, न कथित सुन्दरी छान्ने विधि प्रक्रिया उचित छ, न त यसबाट निस्कने परिणामहरू नै सुन्दर छन् । कुनै चीज उद्देश्य, विधि प्रक्रिया र परिणाम तीनवटै आधारमा खराब छ भने त्यसलाई सुधार गर्न सकिन्छ भनेर सोच्नु सर्वथा निरर्थक कुरो हो । मेरो दृष्टिमा सुन्दरी प्रतियोगिता कुनै पनि हालतमा सुन्दरी प्रतियोगिता नै होइन । कथित सुन्दरी प्रतियोगिताले भूमण्डलीकृत आर्थिक राजनीतिक उद्देश्यलाई नै पूर्ति गर्ने काम गर्दछ । यो खुला बजार अर्थतन्त्र, उदारीकरण, ढा“चागत समायोजन र वित्तीय पु“जीको खेल मात्र होे ।
कथित सुन्दरी प्रतियोगितामा पहिले विजयी भएका केही युवतीहरूले एकातिर यसलाई भूमण्डलीकरणस“ग गा“स्ने र अर्कातिर यसले नारीहरूको हित गर्ने एकदमै अविश्वसनीय तर्क अघि सार्ने गरेका छन् । भूमण्डलीकरण छेउकुनामा फ्या“किएका विश्वकै सबै समुदायको ‘मृत्युको घोषणा’ हो भन्ने विचारले आज विश्वभर मान्यता पाइसकेको छ र यसको विरोध पनि विश्वव्यापी रूपमै भइरहेको छ । नेपालका नारीहरू पनि छेउकुनामा पु¥याइएका समुदायकै पङ्क्तिभित्र पर्दछन् भने यसबाट नारीहरूको हित हुन नसक्ने कुरो घाम जत्तिकै छर्लड्ड छ ।
कथित सुन्दरी प्रतियोगिताले नारीको व्यक्तित्व विकास हुन्छ, प्रतिभा विकास गराउ“छ र आत्म विश्वास जगाउ“छ र विभिन्न किसिमका अवसर प्रदान गर्दछ भन्ने जे जति तर्क अहिले भैरहेका छन् ती प्रतियोगिताभित्र रहेको कुरूपतालाई लुकाउने आवरण मात्र हुन् भन्ने प्रस्ट छ । यो प्रतियोगिता नारीकै स्वार्थका विरुद्ध पितृसत्तात्मक प्रभुत्व वा हैकमलाई निरन्तरता र बढावा दिनका लागि हुने गरेको छ । त्यसैले यसबाट नारीहरूको भलाइ हुन्छ भन्ठान्नु हास्यास्पद सोच मात्र हो । निश्चय नै प्रतियोगितामा विजयी हुने एकाध युवतीले यसबाट कतिपय अवसर र लाभ पाएका हुन सक्तछन् । तर यसरी विजय हासिल गर्ने एक जनाको स्वार्थलाई नै सबै थोक मान्ने विचारले नितान्त व्यक्तिवादी, उपभोक्तावादी संस्कृति र चिन्तनकै प्रतिनिधित्व गर्दछ र त्यसलाई नै लाभ पु¥याउने काम गर्दछ ।
नेपालमा नारीहरूले अवसर नपाउनु, उनीहरूको व्यक्तित्व विकास नहुनुमा समाजको पितृसत्तात्मक शोषण–उत्पीडन सबैभन्दा बढी जिम्मेवार छ । पुरुषको उत्पीडन कायम राख्नकै निम्ति सुन्दरी प्रतियोगिता हुने अनि यसले नारीहरूलाई अवसर प्रदान गर्दछ भनेर ढा“ट्ने कुरो निर्लज्जता बाहेक केही हुनै सक्तैन । पैतृक सम्पत्तिमा अधिकार लगायत शिक्षा, रोजगारी, स्वास्थ्य, राजनीतिक सहभागिता जस्ता विषयमा विशेष अधिकार वा आरक्षणले मात्र नारीहरूलाई वास्तविक अवसर प्रदान गर्न सक्तछ । यस चिन्तनलाई आफ्नो जीवनको लक्ष्य बनाएर नेपालका नारीहरूले आन्दोलन चलाएको धेरै दशक भैसकेको छ । तर सुन्दरी प्रतियोगिता गराउने वा यसमा भाग लिने दुवैले यसका लागि न आवाज उठाएको पाइन्छ न त केही गरेकै देखिन्छ । अनि एकाध व्यक्तिले पाएको अवसरलाई आधार बनाएर यसलाई अतिरञ्जना साथ होहल्ला गर्नुको कुनै औचित्य छैन ।
कथित सुन्दरी प्रतियोगिताको मुख्य उद्देश्य नाफा र विज्ञापनका लागि मोडेलको खोजी गर्नु नै हो, नारीलाई अवसर प्रदान गर्नु होइन । मोडेल खोज्ने प्रक्रियामा प्रतियोगितामा प्रलोभन र निजी स्वार्थका केही कुरा राखेर यसलाई आकर्षक रूप दिन सकेको खण्डमा मात्र नारीहरू यसको पक्षमा तानिन सक्ने भएकाले आयोजक–प्रायोजकले यस खालका अनेकौं उपाय अपनाउने गरेका छन् । यसरी आकर्षित गर्ने क्रममा कसैले व्यक्तिगत रूपले अवसर पाउ“छ, वा कसैको केही भलाइ नै भइहाल्छ भने पनि यो नितान्त गौण कुरो हो । गौण कुरोलाई अतिरञ्जित रूपले प्रस्तुत गरेर यसको वास्तविक पक्षलाई बेवास्ता गर्नु उपभोक्तावादी संस्कृति एवम् सोचकै परिणाम हो ।
त्यसैले सुन्दरी प्रतियोगिताको बारेमा सजग भएर यसका विरुद्ध क्रियाशील हुनु नै सचेत युवाहरूले आफ्नो दायित्व बनाउनु आजको समयको माग हो