|

ट्याक्टर सिक्ने क्रममा दुर्घटनामा परी एक जनाको मृत्यु

नवलपरासी २५ माघ-गुठी प्रसौनी ९ पिपरपातीमा बिहिबार भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार ट्याक्टर सिक्ने क्रममा लु २ त ४०६९ नम्बरको ट्यँक्टर एक्कासी दुर्घटना हुंदा ट्याक्टर चालक गुठीप्रसौनी ९ निवासी १७ बर्षीय अभिमन्यु यादवको भएको छ ।त्यसैगरी ट्याक्टरमा रहेका अर्का १८ बर्षीय जितेन्द्र कोइरी गम्भीर घाइते भएको र उनको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ ।टेक्टरमा रहेकाएक जना हामफालेर बांच्न सफल भएका थिए । ट्याक्टर अहिले इलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा रहेको छ ।

Posted by Butwalonline on 5:02 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्याक्टर सिक्ने क्रममा दुर्घटनामा परी एक जनाको मृत्यु"

Leave a reply