|

बुटवल बसपार्कमा नमूना सपि· कम्प्लेक्स

बुटवल, माघ  । यस क्षेत्रकै नमूनाको रुपमा लुम्बिनी बस ट्रर्मिनल एण्ड सपि· कम्प्लेक्सको निर्माण कार्य सुरु भएको छ ।बुटवल नगरपालिकाको गुरुयोजनाअन्तर्गत लुम्बिनी ट्रर्मिनल विल्डि· एण्ड सपि· कम्प्लेक्स बन्न लागेको हो ।

बुटवल नगरपालिका स्थित बुटवल बसपार्क जाने मुख्य प्रवेशद्वाराबाट दक्षिणतर्फ ट्रर्मिनल विल्डि·  र उत्तरतर्फ सपि· कम्प्लेक्स निर्माणधीन अवस्थामा रहेको छ ।

नगरपालिका विकास कोष काठमाडौको ऋण सहयोगबाट बन्न लागेको यस ट्रर्मिनल विल्डि· एण्ड सपि· कम्प्लेक्स यस क्षेत्रकै नमूनाका रुपमा रहने बुटवल नगरपालिकाका निमित्त योजना प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले बताए ।

यस ट्रर्मिनल विल्डि· र सपि· कम्प्लेक्सको निर्माणको जिम्मा चक्रेश्वरी, मिचीको र शिवशक्ति निर्माण कम्पनीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन । सो ट्रर्मिनल विल्डि·  र सपि· कम्प्लेक्स बनेपछि त्यस स्थानमा यात्रुहरुले छोटो समयमा नै आवश्यक सामग्रीहरु किनमेल गर्न, सवारी साधनको टिकट लिएपछि सवार नहुन्जेल सम्म मनोरञ्जन लिन, रेष्टुरेन्टमा खाजा नास्ता गर्न सकिने छ ।

करिब ५ वर्ष पहिलेनै ट्रर्मिनल विल्डि· र सपि· कम्प्लेक्स बनाउने गुरुयोजना बुटवल नगरपालिकाको रहेको थियो । करिब ७ करोडको लागतमा बन्न लागेको सो लुम्बिनी बस ट्रर्मिनल एण्ड सपि· कम्पेलेक्सकोे अहिले निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ ।

अहिले टिकट काट्ने स्थानमा अस्तव्यस्त र अन्य सुबिधाहरुको कमी भएकाले ट्रर्मिनल विल्डि· बनेपछि यात्रुहरुले सहजरुपमा टिकट ल्याउनका साथै इन्टरटेन्मेन्ट पनि लिन सक्नेछन् । त्यसैगरी घाम, पानीबाट समेत यात्रुहरु सुरक्षित हुनेछन् ।

यात्रुहरुले टिकट लिएपछि कहा“ बस्ने, कहा“ गएर के गर्ने भन्ने कुराहरुको मध्यनजर गर्दै सो ट्रर्मिनल बनाउन लागिएको इन्जिनियर श्रेष्ठले बताए । ट्रर्मिनल विल्डि·मा यात्रुहरुले टिकट काटी सकेपछि बा“की समयसम्म त्यहि“ बस्न सक्नेछन् र त्यहि“बाटै जान सक्नेछन् ।

त्यस्तै सपि· कम्प्लेक्समा निश्चित समय भएका यात्रुहरुले सामान किनमेल गर्न सक्नेछन् । कम समयका कारण बजार गर्न सहरको भिडभाडमा नगइ त्यस सपि· कम्प्लेक्सबाट सबै प्रकारका सामानहरु खरिद गर्न सकिने बताइएको छ ।

बसपार्कको मुख्य प्रवेशद्वारदेखि दक्षिणमा बन्न लागेको ट्रर्मिनल विल्डि· साढे २ तलाको बन्नेछ । जसको ६३ मिटर लम्बाई तथा १७ मिटरको चौडाइ रहनेछ । त्यसै उत्तरतर्फ बन्ने सपि· कम्प्लेक्सको हाल ८ तलाको डिजाइन भएपनि तत्कालका लागि १ तलाको मात्र बन्नेछ । जसको लम्बाई ३७ मिटर र चौडाई २२ दशमलव ५ मिटर रहने बुटवल नगरपालिकाले जनाएको छ ।

यी दुवै ट्रर्मिनल विल्डि· र सपि· कम्प्लेक्सको डिजाइन इस्ट कन्सल्ट, एईडा गु्रप र सेरा प्रा.लि.ले संयुक्त रुपमा गरेका हुन् । यस ट्रर्मिनल विल्डि· र सपि· कम्प्लेक्स बनेपछि व्यवसायीहरुले पनि लाभ लिन सक्नेछन् ।

सपि· कम्प्लेक्सको एक तलामा १६ वटा सटर रहने बताइएको छ ।

Posted by Butwalonline on 5:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवल बसपार्कमा नमूना सपि· कम्प्लेक्स"

Leave a reply