|

ठमेलकाडन दिपक मनाङ्गेलाई ३ लाख रकम ठगी गर्ने थुनामा

किरणमान बज्राचार्य,कपिलबस्तु, २५ माघ-काठमाणडौ स्थित ठमेलका चर्चित डन दिपक मनाङ्गेलाई ठगी गर्ने प्युठान घर भई नबलपरासीको काबासोती बस्दै आएका ईश्बरीप्रसाद पोखरेल थुनामा गएका छन् । उनी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला न्यायधिश रामकृष्ण खनालको एकल ईजलासले उनलाई थुनामा पठाएको हो ।

आफु एमाओबादी नेता लेखराज भट्ट बोलेको भन्दै पोखरेलले मनाङ्गेसंग ३ लाख रकम मागेर ठगेका थिए । उसले पैसा मागे पछि मनाङ्गेले आफना साथी सिन्धुपाल्चोक सिपा जी तातोपानी–५ का साङ्गे शेर्पालाई भनेर कपिलबस्तुको गोरुसिंगे स्थित आईएमईमा एक लाख ५० हजार पठाई दिएका थिए । पछि मनाङ्गेले भट्टलाईःनै फोन गरेर पैसा पठाई दिएको कुरा भने पछि घटना बाहिर आएको हो । भट्टले कसैसंग पैसा नमागेको बताएका थिए । आफुलाई ठग्ने को रैछ भनेर मनाङ्गेले पनि खोजबिन गर्दा पोखरेल पक्राउ परेका हुन् । ठग पोखरेलले सजिलै रकम भुत्तानी लिनका लागि गोरुसिंगे स्थित मनकामना मनि ट्रान्सफर काउण्टरसंग राम्रो दोस्ती गरेका थिए । एक दुई पटक उक्त काउण्टरमा आईएमईबाट साथीसंग पैसा मगाएर लिई नजिकन खोजेका थिए । तर मनाङ्गेको पैसा लिने बेलामा भने पोखरेलले जरुरी काम परेर बुटबल जान लागेकाले आएको पैसा तपाईले झिकेर बुटबलमा पठाई दिनु भनेर हिडेका थिए । उनको भनाई अनुसारनै काउण्टरका सहयोगीले बुटबल स्थित एकता मनि ट्रान्सफरमा एक लाख ५० हजार पठाई दिएका थिए । अनी पोखरेलले त्यहीबाट रकम झिकेर फरार बनेका थिए । प्युठानको तोखाङ्ग–६ चिसाबाङ्ग स्थायी ठेगाना भएका पोखरेल कपिलबस्तुमा आई बिभिन्न ब्यत्तीसंग आफु लेखराज भट्ट बोलेको भन्दै फोन गरेर रकम माग्दै हिडेका थिए । उनले कतै अग्नि सापकोटा भन्दै धम्क्याउने गरेका थिए । घटनाबारे केहीले प्रहरीलाई जानकारी दिए पछि प्रहरीले सुचना संकलन गरि अनुसन्धानमा लागेको जिल्ला प्रहरी प्रमुख उपरिक्षक राजेन्द्र ढकालले बताउनु भयो । एक पछि अर्को ठगी गर्दै हिड्ने पोखरेल निक्कै चतुर भएकाले प्रहरीलाई पक्राउ गर्न करिब एक महिना लागेको थियो ।

पोखरेल पक्राउ परेका थाहा पाए पछि गोरखा छोप्राक–२ का हरिप्रसाद पोखरेले ४० हजार र बीरपुर ८ का मनिहर हुसेन ४८ हजार ठगी गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । त्यस्तै दाङ्गको राप्ती ईन्जिनियरि क्याम्पसका नाममा पोखरेलले बिरपुरका जमसेद अहमदबाट ६ लाख २३ हजार ५ सय ठगी गरेको भन्दै प्रहरीमा उजुरी गरेका छन् । यी उजुरीको पनि अनुसन्धान गरि अदालतमा मुद्दा दायर गरिने जिल्ला प्रहरी प्रमुख उपरिक्षक ढकालले बताउनु भयो ।

पोखरेलले कपिलबस्तुमा मात्र नभई बाके र रुपन्देहीमा पनि ठगी गरेकाले उनी बिरुद्ध उजुरी परेको प्रहरलिे जनाएको छ । पोखरेललाई बाके प्रहरीले माग गरेकाले नेपालगंज पठाईने निरिक्षक जेसी शाहले बताउनु भयो । त्यस पछि उनलाई मुद्दाका लागि बुटबल पठाईने बताईएको छ ।

Posted by Butwalonline on 2:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ठमेलकाडन दिपक मनाङ्गेलाई ३ लाख रकम ठगी गर्ने थुनामा "

Leave a reply