|

पाल्पा महोत्सवका विषयमा को के भन्छन् त बुटवल अनलाईनका सम्पादक मुक्तिप्रसाद न्यौपानेले गर्नुभएको कुराकानी (फोटोसहीत)


फागुन १७ देखी २६ गतेसम्म सञ्चालन हुने पाल्पा महोत्सवका विषयमा बुटवल अनलाईनका मुक्तिप्रसाद न्यौपानेले गर्नुभएको कुराकानी
१. भुषण राजलवट

केन्द्रिय सदस्य
नेपाल उद्योग वाणिज्य महासंघ
पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्नु जरुरी
देशभर मेला, महोत्सव तथा प्रदर्शनीहरु आयोजना गर्ने होड चलिरहेको समयमा जिल्लाका स्थानीय उद्योग, व्यापार व्यवसायहरुको प्रवद्र्धन र विकासमा मात्रै टेवा पुगि रहेको छैन बरु यसबाट उपभोक्ताहरु पनि लाभान्वित भईरहेकाछन् । स्थानीय लोकसँस्कृतिको जगेर्ना गर्न, स्थानीय कलाकार, प्रतिभाहरुलाई प्रष्फुटित हुन तथा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पनि ठूलो मद्दत भईरहेको छ ।
राष्ट्रको उद्योग वाणिज्य क्षेत्रको विकासमा, आर्थिक उन्नतीमा समेत यस प्रकारको मेला महोत्सवहरुले सार्थकता प्रदान गरीरहेको छ । पर्यटन उद्योगको प्रचुर संभावना भएको पाल्पामा प्रशस्त मात्रामा संभावनाका चुनौतिहरु लुकेर रहेकाछन् । त्यसैले सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र र नागरिक समाजको संयुक्त प्रयासमा मात्र मेला महोत्सव सफल हुने हो । 

२. मधुदयाल सैंजु
अध्यक्ष
पाल्पा उद्योग वाणिज्य संघ
विकासकालागि निजी क्षेत्रलाई साक्षेदार
कृषि उत्पादन, घरेलु तथा कुटिर उद्योग, व्यापार व्यवसाय, सूचना प्रविधिको प्रवद्र्धन सँगसँगै तानसेन पाल्पाको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुर्याउन महोत्सव आयोजना गरिएको हो । समग्र जिल्लाको घरेलु उद्योगबाट उत्पादित पाल्पाली करुवा, ढाका कपडाहरु तथा निर्यातजन्य कृषि उत्पादनहरु अदुवा, कफी तथा तरकारीहरु मेलाका आकर्षणका विषयहरु हुन् । बहुजाती, बहुभाषी, बहुधर्म पाल्पालीबासीहरुको एक अर्का प्रतिको सद्भावना, आगन्तुक पाहुनाहरुकाप्रतिको आदर सत्कार गर्ने भावना सबैकालागि उदाहरणीय रहेको छ ।
मेला आयोजनाले उपभोक्ता र उद्यमी बिचको प्रत्यक्ष भेटघाट, संवादबाट उद्योगको उत्पादनले प्रचार पाउनेछ । पाल्पाको विकासकोलागि पर्यटन क्षेत्रको विकास हुनु निकै आवश्यक छ । पर्यटनको प्रवद्र्धन र विकासमा टेवा पुर्याउने उद्देश्यले धेरै वर्षदेखी मेला महोत्सव तथा अन्य कार्यक्रमहरु सञ्चालन गर्दे आइरहेको छ । जवसम्म देशमा आर्थिक विकास हुँदैन तवसम्म देशको विकास सम्भव छैन । अहिलेको समयमा राज्य पक्ष एक्लैले राष्ट्र विकास गर्छु भनेर राष्ट्रको विकास हुने अवस्था पनि छैन । निजी क्षेत्रप्रति सदाशयता देखाई विकासकालागि निजी क्षेत्रलाई साक्षेदारको रुपमा दृष्टि दिन सकेमा मात्र देश विकासको अग्रगतीमा जान्छ ।

३. भीमसेन कार्की
महासचिव
पा.उ.वा.सं.
उत्पादीत वस्तुहरुको गुणस्तर सुधारकालागि सहयोगी मेला
राष्ट्रको सर्वाङ्गिण विकासमा उद्योग एवं वाणिज्य क्षेत्रको भूमिका निकै महत्वपूर्ण छ । औद्योगिक तथा वाणिज्य क्षेत्रको यथोचित विकास विना नयाँ नेपालको कल्पना सार्थक हुँदैन ।
मेला महोत्सवले उत्पादित वस्तुलाई बिक्रि वितरणमा सजिलो बनाउने मात्र होइन बजारमा वस्तुको ख्याती स्थापित गर्नु तथा नयाँ वस्तुको सिर्जना तथा उत्पादित वस्तुको गुणस्तर सुधारमा पर्याप्त मौका मिल्दछ ।
पाल्पा उद्योग वाणिज्य संघले आफ्नो सीमित साधन स्रोतबाट ठूलाठूला क्रियाकलापहरु गरेको छ । विशेषगरी यस्ता कार्यक्रम गर्न जिल्ला विकास समिति, नगरपालीका, राजनीतिक दलहरु, सरकारी तथा गैरसरकारी संस्थाहरु, पत्रकार मित्रहरु र नागरिक समाज तथा पाल्पाली उद्योगी व्यवसायिहरुको तथा जनताको माया, स्नेह र अपार सहयोग छ । पाल्पास्थित उद्योगी व्यवसायिको पेशागत हक हितको संरक्षण एवं पेशागत मान मर्यादालाई सम्मान सम्बद्र्धन गर्दै जिल्लाकै आर्थिक तथा सामाजिक विकास गर्न मेला महोत्सव आयोजना गरेका हौं ।

४ दीर्घबहादुर पोखरेल
स्थानीय विकास अधिकारी
जिल्ला विकास समिति, पाल्पा
कृषि उद्योग र व्यापारको विकास जरुरी
पाल्पामा धेरै सम्भावना रहेको छ त्यसमा पनि कृषिमा नगदेवालीको रुपमा अदुवाको प्रशस्त सम्भावना छ । समग्र विकासका लागि काठमाण्डौं र पोखरा पछि पर्यटनमा बढी सम्भाव्यता बोकेको जिल्ला मानिन्छ । पहिलो रानीमहल जाने बाटो पिच गर्न सकेमा पनि पर्यटन प्रवद्र्धन हुन सक्छ । जिल्ला विकास समितिको तर्फबाट ठोस कार्य गर्न नसकेको किनभने हामि योजना तर्जुमाको चरणमा रहेका छौ । बेलाबेलामा आयोजना हुने महोत्सवले पर्यटनको विकासमा टेवा पुर्याउने गर्दछ ।
पाल्पामा पर्यटकीय गन्तव्यहरुको विकासलाई प्राथमिकताका साथमा कार्य गर्ने प्रक्रियामा रहेको छ । क्रेडिट ल्पानमा पनि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनले मूल नारा पाएको छ । मेला महोत्सव पर्यटन प्रवद्र्धनको मुख्य आकर्षण हो ।

५. गोपाल बहादुर पोखरेल
कार्यकारी अध्यक्ष
लुम्बिनि मेडिकल कलेज तथा शिक्षण अस्पताल, पाल्पा
मेडिकल टुरिजम सञ्चालन
विकासको गतिमा रहेको कलेज अग्रजहरुको सपना साकार पार्न खोलीएको हो । पाल्पा शिक्षा र स्वास्थ्यको ऐतिहासिक ठाउँ हो । पाल्पा शिक्षा र स्वास्थ्यको ऐतिहासिक ठाउँ हो । उद्योगधन्दा कलकारखाना र आधुनिक प्रविधि नभित्रिएको मृत्युसैयामा पुगेको जिल्ला हो । मेडिकल कलेजले पहाडमा पनि प्रशस्त सम्भावना छ र दक्ष जनशक्ति छन् भन्ने विश्वास बनाएको छ ।
यसको लक्ष्य भनेको पाल्पामा मेडिकल टुरिजम सञ्चालन गर्नु हो । वातावरणीय र प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएकै कारण मेडिकल टुरिजम सञ्चालन गर्न सकिने विश्वासमा कलेज रहेको छ । मेला आफैमा राम्रो त्यसमा पनि कलेज मुख्य प्रायोजकका रुपमा रहेर जिल्ला भित्र र बाहिरका क्षेत्रहरुमा पाल्पाको स्थान चिनाउन लागि परेका हौं । मेलामा प्राथमिक उपचारको समूह रहने छ । प्राकृतिकक र भौगोलिक स्थानको उत्थान गर्न मेला सहयोगी बन्नेछ यसको उजागर गर्नेछ भन्ने हामिलाई लागेको छ । चुनौतिहरु हरेक स्थानमा हुन्छन् तर त्यसलाई अवसरमा परिणत गर्न सकेमा फलदायी बन्दछ, त्यसैको फलस्वरुप पहाडी जिल्लामा पनि मेडिकल कलेज स्थापना हुन सफल भएको हो । 

६. नारायण ढकाल
शाखा प्रबन्धक
माछापुच्छ«े बैंक लिमिटेड, पाल्पा
कृषिमा कर्जा प्रवाहले विकासमा सहयोग पुग्छ
कृषि उत्पादनको प्रचुर संभावना र अवसर रहेको पाल्पामा दैनिक १ करोड बराबर रेमिट्यान्स भित्रिने भएकोले निक्षेप संकलन गर्ने उद्देश्यले वित्तिय संस्थाहरुले शाखा विस्तार गरेका छन्् । कुटीर उद्योगको रुपमा परापूर्व कालदेखिनै पाल्पा निकै अगाडी भएपनि ठूला उद्योग व्यापारीक प्रतिष्ठान विहिन जिल्लामा अदुवा, कफी, दालचिनी, अम्रिसो उत्पादनका लागी उर्वर भूमि ठानीएको यस जिल्लामा वित्तिय संस्थाहरुले कृषि क्षेत्रमा अत्यन्त न्यून रुपमा कर्जा प्रवाह गरेका छन् । 
जनतालाई छिटो विश्वसनीय सेवा प्रदान गरी छरीएर रहेका पूँजीलाई एकिकृत गरी उत्पादन मूलक कार्यमा लगानी गर्दै राज्यको आर्थीक विकासमा थप सहयोग पु¥याउने उद्देश्यले बैङ्कले पाल्पामा शाखा विस्तार गरी बैङ्कीङ सेवा पु¥याएको छ ।

७. कमल प्रसाद घिमिरे
उद्योग अधिकृत
घरेलु तथा साना उद्योग कार्यालय
पूर्वाधार विकास गर्नु जरुरी छ 
मेलामा श्रममुलक, देशको परम्परा कला र संस्कृतिसँग सम्बन्धित खास सीप वा स्थानीय कच्चा पदार्थ र साधन परिचालन गर्ने परम्परागत उद्योगबाट उत्पादीत वस्तुहरुको प्रदर्शनी रहनेछ । 
पाल्पा जिल्लामा धातुकला, काष्ठकला, पर्यटन, ढाका र यसका तैयारी सामान, अदुवा, कफी, जडिबुटी, तरकारी र खाद्य प्रशोधन, मौरी पालन एवं पशुजन्य उद्योगको बढी संभावना रहेको छ । उद्योगको संचालन र प्रवद्र्धनमा घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न प्रशासनिक परामर्श तथा अन्य कार्यहरु गरी सहयोग पुर्याएको छ । जिल्लामा विद्यमान पूर्वाधारहरुलाई दृष्टिगत गर्दा स्थानीय स्रोत साधन र जनशक्तिबाट सञ्चालन हुन सक्ने घरेलु तथा साना उद्योगको माध्यमबाट क्रमशः औद्योगीकरणतर्फ लम्कँदै आर्थिक विकास गर्न सकिने संभावना पर्याप्त देखिन्छ ।

८. करुणासागर पाण्डे
उर्जा विकास अधिकृत
जिल्ला विकास समिति, पाल्पा
वैकल्पिक उर्जाको प्रयोगलाई बढाउँ
साना जलविद्युत, सोलार, वायोग्यास, सुधारिएको चुह्लो, कामहरु जिविसले गर्दै आएको छ । ग्रामीण विद्युतिकरण गर्दै विद्युत नभएका गाउँहरुमा सोलार जडान कार्य गरिरहेको । साना तथा लघुजलविद्युत आयोजना १८ वटा सम्पन्न भैसकेको छ । वैकल्पिक उर्जाका माध्यमबाट पाल्पामा सबै जनतालाई समेट्ने प्रयास गरिएको छ ।
समयसमयमा आयोजना गरिने मेला महोत्सवमा राखिने स्टलमा वैकल्पिक उर्जालाई ध्यान दिइएकै कारण जिल्लाका सबै जनता उज्यालोमा बस्न र सुविधा प्रयोग गर्न पाउनेछन् ।

९. तुल्सिराम भण्डारी
वरिष्ठ पशु विकास अधिकृत
जिल्ला पशुसेवा कार्यालय, पाल्पा
एग्रो इको पर्यटकलाई प्रवद्र्धन
पशु विकासमा क्षेत्रमा ६ वटा पशु विकास केन्द्रहरु स्थापना गरिएको छ । निक्षेपित कार्यक्रम अन्तर्गत पशुस्वास्थ्यका कार्यहरु र नियमनका कार्यहरु गर्दै आइरहेको छ । सामुदायिक पशु विकास कार्यक्रम अन्तर्गत पशु प्याकेट गरेर व्यवसायिकरण गर्दै लगिरहेकोछ । दुध उत्पादन, व्यवसायिक पशु विकास, सुदृढिकरण गर्ने र प्राविधीक सेवाका कार्य जिल्ला पशु सेवा कार्यालयले गर्दै आएको छ । बजार व्यवस्थित नर्गकालागि मेला महोत्सव सहयोगी बन्दछ । कृत्रिम गर्भाधान अभियान पाल्पामा शुरु गरिएको छ । उत्पादकत्व बढाउन नस्ल सुधार कार्यक्रम गर्दै आइएको छ ।
पाल्पा वर्डल्फुईमा मध्य जोखिममा रहेको जिल्ला हो । पर्यटन प्रवद्र्धन गर्न कृषि, पशुलाई सँगै जोडेर एग्रो पर्यटकलाई जोड दिएर होमस्टेहरुमा स्थानीय कुखुरा संरक्षणको कार्य कार्यालयले गर्दै आएको छ । रानीघाटमा रहेको वौघागुम्बा होमस्टेमा लोकल कुखुरा संरक्षण एग्रो इको टुरिजमलाई प्रवद्र्धन गरिएको छ । पशुजन्य पदार्थको गुणस्तर कायम गर्न नियमन कार्य गरिरहीएको छ ।


१०. झलक शर्मा पौडेल
वरिष्ठ जनस्वास्थ्य प्रशासक
जिल्ला स्वास्थ्य कार्यालय, पाल्पा-ज्ञान र प्रविधिको सञ्चारमा मेला सहयोगी
पाल्पालीले शिक्षा स्वास्थ्य पर्यटनको नारा दिएको वर्षौ भइसकेको छ । विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार नेपालमा ठूलाठूला संघसंस्थाहरु नेपालमा सञ्चालनमा रहेकाछन् । ज्ञान सीप र प्रविधिको विस्तारका गर्दै स्वास्थ्य एवं शिक्षा क्षेत्रका व्यवसायिहरुले पाल्पामा यो स्तर निर्माण गराएको मानिन्छ ।
जिल्लामा सञ्चालित उद्योग, व्यापारलाई विकास र विस्तार गर्न मेलाले थप बल प्रदान गर्नेछ । आगामी दिनमा सम्पूर्ण पाल्पाली उद्योगी, व्यापारी र व्यवसायीहरुलाई निजी क्षेत्रबाट जिल्लाको सामाजिक विकास, पर्यटकीय क्षेत्रहरुको संवद्र्धन तथा निर्माणमा एक भएर अगाडी बढ्नु जरुरी छ ।

११. गणपति पाण्डे
प्रमुख
सुन्तलाजात फलफुल विकास केन्द्र, पाल्पा-किसानलाई उजागर गर्न मेला
पाल्पा औद्योगिक क्षेत्र नभए पनि प्राविधिक प्रचार प्रसार गर्न र कृषकहरुलाई जागरुप गराउन मेला महत्वपूर्ण हुनेछ । केन्द्रले परम्परागत प्रविधिहरुको प्रदर्शनी समेत गर्दैछ । आधुनिक प्रविधिहरुको प्रयोग गरेर उत्पादनमा वृद्धि गर्न सकिन्छ भनेर कृषकहरुलाई शिक्षा दिइनेछ । सुन्तलाहरुमा पाल्पामा भदौमा समेत पाकेको पाइन्छ जसमा ४ प्रकारका सुन्तलाहरु पाइन्छन् । 
किसानहरुलाई प्राविधिक पक्षहरुको बारेमा ज्ञान दिलाउन मेला सहयोगी बन्नेछ । पश्चिमाञ्चल क्षेत्रमै केन्द्रले अगुवाई गरेको छ । परम्परागत प्रविधि अपनाउने किसानहरुलाई उजागर गरेर नयाँ प्रविधि तर्फ आकर्षिक गर्नु जरुरी छ । 

१२. चोपलाल गिरी 
कार्यकारी निर्देशक
सामाजिक स्रोत विकास केन्द्र नेपाल, पाल्पा-अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ
पाल्पा जिल्ला नेपालको इलाम पछिको सामरिक महत्वको जिल्ला हो । तर पनि त्यो अनुसार पर्यटक भित्राउन भने सकेको छैन । प्राकृतिक सुन्दरता र अवसर भएको जिल्ला हो । जिल्ला वासिहरुले दुरदृष्टिको विकास गर्नु जरुरी छ । हावापानी र सीमानाका हिसाबले सम्भावना छ । योजनाबद्ध कार्यक्रम नहुँदा नविनचिजको बारेमा सूचना तथा सन्देश पाउनबाट बञ्चित भएकाछन् ।
अवसरलाई सदुपयोग गर्न मेलाले प्रशस्त मात्रामा सन्देश प्रवाह गर्न सफल हुनेछ । धेरै पर्यटकीय गन्तव्यहरुलाई सम्बन्धित पक्षहरुले योजना बनाएर कार्यलाई चुस्त दुरुस्त बनाउनु जरुरी छ । होटल व्यवस्थापनमा धेरै ध्यान दिनु जरुरी छ ।

१३. मोहन प्रसाद श्रेष्ठ
सञ्चालक होटल ईन्द्रेणी तथा रेष्टुरेन्ट
सचिव पाल्पा उद्योग वाणिज्य संघ-होटल व्यवसायलाई व्यवस्थित बन्दैछ
     नेपाल कृषि प्रधान देश हो । जहां ६५.७ प्रतिशत जनताहरु यसै पेशामा आश्रित छन तापनि यस पेशामा लागेका अधिकांंश जनताहरुको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको पाउछौ । पशुपालन व्यवसाय कृषिको अभिन्न अंगकोरुपमा रहि आएको छ । यस पेशामा लागेका कृषकहरु पनि गरिवीको चपेटा रहि आएको कुरा हामी सवैलाई अवगत भएकै कुरा हो । यसका मुल कारणहरुलाई केलाउदा मुख्यतया निर्वाहामुखि परम्परामा आधारित पशुपालन, सम्वन्धि ज्ञानको अभाव,मिश्रित कृषि प्रणालि आदि कुराहरुलाई लिन सकिन्छ ।
    पाल्पा जिल्ला पश्चिमान्चल क्षेत्रको लुम्विनी अन्चलमा रहेको मध्ये पहाडमा रहेको एक सुन्दर जिल्ला हो । यहाँ प्रशस्त मात्रामा होटल व्यवसाय फस्टाउन नसकेतापनि भएका व्यवसायिहरुबाट राम्रो सुविधा प्रदान गरेका छौं । आन्तरिक तथा बाह््य पर्यटकहरु पाल्पामा आएर खुसीसाथ फर्कने गर्दछन् ।

१४. डा. रचेल कारख
अस्पताल निर्देशक
युनाइटेड मिशन अस्पताल-स्वास्थ्य क्षेत्रमा पाल्पा निकै अगाडी छ
युनाइटेड मिशनको परियोजना पाल्पामा सञ्चालनमा आएको ५९ वर्ष भएको छ । पाल्पा भौगोलिक तथा वातावरणीय रुपमा निकै मनमोहक स्थान हो । स्वास्थ्य परीक्षण गर्नकालागि विशेष गरि भारतका केही स्थान, नेपालका दाङ, सल्यान, प्यूठान, गुल्मी, अर्धाखाँची, रुपन्देही, स्याङ्जा, पर्वत लगायतका जिल्लाबाट सेवाका लागि आउने गर्दछन् ।
स्वास्थ्य राम्रो हुँदा अर्थतन्त्र सुधारमा निकै सुधार हुन्छ । यहाँ समुदाय स्वास्थ्य विभागबाट धेरै किसिमका तालिम दिने काम समेत गरेका छौं । पाल्पा आउने स्वास्थ्यकर्मी समेत यहाँबाट खुशी भएर फर्कने मेरो अनुभव छ । मिशनमा सेवा दिन स्वास्थ्यकर्मी निकै लालाहित हुने गर्दछन् ।

१५. स्थानेश्वर रेग्मी
प्रहरी नायव उपरिक्षक (डिएसपी)
जिल्ला प्रहरी कार्यालय, पाल्पा-सुरक्षा व्यवस्था मजवुद बनाएका छौं
मेलामा सुरक्षाको स्थिति अत्यन्तै महत्वपूर्ण कुरा हो त्यसकालागि जिल्ला प्रहरी कार्यालय अत्यन्तै सचेत छ । पाल्पामा आयोजना हुने मेलामा समस्या भनेको ट्राफिक व्यवस्थापन हो त्यो समस्या समाधानकालागि छलफल गरेर निश्चित ठाउँ तोकेका छौं । सुरक्षाकालागि २४ घण्टा सुरक्षाकर्मी मेला स्थल र बजारमा खटाएका छौं । मदिराजन्य पदार्थ बिक्रि वितरण तथा सेवनलाई निधेष गरेका छौं ।
भीड नियन्त्रणकालागि टोलीहरु खटाएका छौं । सदरमुकाम केही विशेष क्षेत्रहरु तथा होटलहरुमा अनैतिक किसिमका कार्यहरु हुन नदिन सादा पोशाकका प्रहरीहरु समेत परिचालन गरेका छौं । आन्तरिक तथा बाह््य पर्यटकहरुको सुरक्षा स्थितिलाई मध्यनजर राखेर होटल निरीक्षण अनुगमन कार्य गर्ने तयारीमा छौं ।

१६. केशव राज शर्मा
क्याम्पस प्रमुख 
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा -शैक्षिक विकासकालागि मेला जरुरी
पाल्पामा विकासको इतिहात अति पुरानो छ । साहुमहाजन, व्यापारी तथा उद्योगपतिहरुलेनै शिक्षालाई बढावा दिएर क्याम्पस स्थापना हुन सफल भएको हो । २०११ सालमा स्थापना भएको यो क्याम्पस पश्चिमाञ्चलकै पुरानो क्याम्पसको रुपमा त्रिभुवन बहुमुखी क्याम्पसलाई लिन सकिन्छ ।
करुवा र ढाकाका विषयमा विभिन्न अनुसन्धान मूलक रिपोर्टहरु तयार पाल्पा उद्योग वाणिज्य संघको संलग्नतामा तयार पारिएको छ । घरेलु उद्योगका विषयमा पनि अनुसन्धानमूलक व्यवसायिकता अध्ययन भैरहेको छ । काठमाण्डौं पछिको शैक्षिक केन्द्र पाल्पालाई विकास गर्ने मेला महोत्सव अति नै महत्वपूर्ण हुन्छन् । सरकारले नीजि क्षेत्रलाई प्रोत्साहित गर्न सकेमा शैक्षिक विकास सम्भव हुनेछ ।



१७. रामलाल श्रेष्ठ
अध्यक्ष
नेपाल औषधी व्यवसायि संघ, पाल्पा-पर्यटन प्रवद्र्धनले व्यवसाय फस्टाउँछ
पर्यटन प्रवद्र्धन गर्नमा मेला महोत्सव निकै सहयोगी बन्नेछ । विगतका वर्षहरुमा भन्दा जिल्लाबासीहरु आफ्नो स्वास्थ्य स्थिति प्रति जनताहरु सचेत भैरहको पाइएको छ । महोत्सव व्यवसायीहरुको हकहितको संरक्षण र संवद्र्धनका साथै जिल्लाको दीगो आर्थिक सामाजिक विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने मुख्य लक्ष्य पाल्पालीको रहेको छ ।
जिल्लामा कृषि क्षेत्रको विकासकालागि उद्योग वाणिज्य संघ, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र सुन्तलाजात फलफुल विकास केन्द्रको भूमिका हुनु जरुरी छ ।

१८. भगवान भण्डारी
सभापति
नेपाल पत्रकार महासंघ, पाल्पा विगतका सुझाव र सल्लाहलाई मनन गरिएको छ
ऐतिहासिक तथा पर्यटकीय स्थानहरुको प्रवद्र्धनकालागि महोत्सव जरुरी हुन्छ जुन उद्देश्यका साथमा पाल्पा उद्योग वाणिज्य संघले मेलाको आयोजना गरेको छ यसले पक्कै पनि पाल्पाको आर्थिक विकासलाई माथि उठाउनकालागि टेवा पु¥याउँछ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाल्पा अत्यन्तै उत्कृष्ट स्थान हो । यहाँको हावापानी रहनसहन र बसाईमा आन्तरिक तथा बाह््य पर्यटकको मन लोभिएको हुन्छ ।
पाल्पाली जनताको स्वागत सत्कार र यहाँका होटल व्यवसायिको सेवा अत्यन्त स्मरणयोग्य रहेको छ । धेरै जिल्लाबाट उच्च शिक्षा अध्ययनकालागि समेत यहाँ विद्यार्थीहरुको चाप रहेको छ । विगतका सरसल्लाह र सुझावहरुलाई मनन गर्दै पाल्पाको यो महोत्सव गर्न लागिएको हो । यो महोत्सव विगतमा महोत्सवभन्दा भव्य र सभ्य बनाउनमा पाल्पाली तथा समग्र अवलोकनकर्ताहरु आफै सरिक हुनेछन् ।

Posted by Journalist Mukti on 8:07 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पा महोत्सवका विषयमा को के भन्छन् त बुटवल अनलाईनका सम्पादक मुक्तिप्रसाद न्यौपानेले गर्नुभएको कुराकानी (फोटोसहीत)"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु